भारतीय समकक्षीपछि न्युयोर्कमा प्रधानमन्त्री र एमसीसीका सिईओबीच कुराकानी हुँदै

भारतीय समकक्षीपछि न्युयोर्कमा प्रधानमन्त्री र एमसीसीका सिईओबीच कुराकानी हुँदै फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यतिखेर अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन गर्न अस्ति काठमाडौंबाट त्यता जानुभएको हो । 

सोही क्रममा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ । उहाँ गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण गर्दै अमेरिका पुग्नुभएको छ । भारतीय समकक्षी मोदीसँग आज हुन लागेको भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।

विभिन्न कार्यक्रममा सहभागी, सम्बोधन र भेटघाटको तालिका रहेको प्रधानमन्त्रीले यही मेसोमा अमेरिकी सहयोग संस्था युएसएआईडीका उच्च अधिकारीहरुसँग पनि भेटवार्ता गर्न लाग्नुभएको छ । स्थानीय समयअनुसार पर्सि दिउँसो न्युयोर्कस्थित नेपालको स्थायी नियोगको कार्यालयमा उहाँ र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुने कार्यक्रम तय भएको हो ।

भोलिपल्ट आगामी बुधबार प्रधानमन्त्री ओलीले एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटसँग भेट गर्नुहुनेछ । साँझ अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने बुझिएको छ ।

टिप्पणीहरू