एभरेष्ट बैंकको एकै ठाउँमा एटिएम र वित्तिय साक्षरता कार्यक्रम

एभरेष्ट बैंकको एकै ठाउँमा एटिएम र वित्तिय साक्षरता कार्यक्रम
सुन्नुहोस्

एभरेष्ट बैंकले रुपन्देहीको भैरहवास्थित जगदम्बा स्पिनिङ मिल्समा एटिएम मेसिन राखेको छ । त्यसैगरी सोही स्थानमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

मायादेवी गाउँपालिका–५ मा अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा बैंकको एटिएम सञ्चालनमा आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा एटिएम उद्घाटन गरेका हुन् । 

योसँगै बैंकको एटिएम संख्या १६३ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले एटिएम सेवा विस्तारले मिल्समा कार्यरत सम्पूर्ण मजदुर, कर्मचारी र स्थानीयबासीलाई सहज हुने बताए । 

मिल्सका निर्देशक न्यौपानेले पनि एभरेष्ट बैंकले आफ्नो प्राङ्गणमा एटिएम सेवा सञ्चालनमा ल्याएकोमा खुशी व्यक्त गरेका छन् । बैंकले सोही अवसरमा मिल्समा कार्यरत ५० भन्दाबढी मजदुरका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 

बैंकको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुईंकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्वसम्बन्धी जानकारी दिएका हुन् । 

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंक स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बन्दै आएको छ । 

बैंकका १३ लाख ग्राहक, १२७ शाखा, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १६३ एटीएम आउटलेट छन् । नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

टिप्पणीहरू