‘रनवे’ मा स्याल देखिएपछि बुद्ध एअरको विमानले गर्यो ‘ओभरसुट’

झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको रनवेमा स्याल देखिएपछि अवतरणको क्रममा रहेको बुद्ध एअरको विमानले ‘ओभरसुट’ गरेको छ । हिजो साँझ ७ बजेको समयमा काठमाडौंबाट उडेको बुद्धको विमान विमानस्थल नजिकै पुगेपछि एकाएक आकाशतिर गएको हो ।
विमान रनवे नजिकै पुगेपछि अवतरणको सट्टा आकाशतर्फ ओभरसुट गरेको हो । स्याल देखिएपछि विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले ओभरसुटका लागि पाइलटलाई निर्देशन दिएका थिए ।
विमान आकाशतर्फ गएपछि रनवे क्लियर गरिएको बताइन्छ । झण्डै १० मीनेटपछि एटिसीले विमान अवतरणको निम्ति अनुमति दिएको थियो ।
टिप्पणीहरू