एनसेलमा अब सतप्रतिशत नेपालीको लगानी

एनसेलमा अब सतप्रतिशत नेपालीको लगानी
सुन्नुहोस्

मलेसियाको आजियाटा कम्पनीले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । आजियाटाको बोर्ड बैठकले नेपालमा व्यवसायिक चुनौती बढेको उल्लेख गर्दै बाहिरिने निर्णय गरेको जनाएको छ ।

आजियाटाले झण्डै सात वर्षअघि तत्कालीन एनसेलको केही स्वामित्व किनेको थियो । त्यसबेलाको लाभांश कर विवाद अहिलेसम्म कायम छ । एनसेलमा सेयर स्वामित्व आजियाटा ग्रुपको ८० प्रतिशत र २० प्रतिशत नेपाली साझेदारहरु सतिशलाल आचार्य र सचिनलाल आचार्यको हो । 

एनसेलबाट बाहिरिने निर्णयका साथ आजियाटाले आफ्नो सबै सेयर बिक्रीमा राखेको समेत जनाएको छ । एनसेलको व्यापार लगातार खुम्चिँदै गएकाले कम्पनी नेपाल छाड्ने अवस्थामा पुगेको आजिआटा स्रोतको भनाई छ ।

टिप्पणीहरू