घरज्वाईंको साथमा भरुवा बन्दुक

घरज्वाईंको साथमा भरुवा बन्दुक
सुन्नुहोस्

कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई समातेको छ । चुरे गाउँपालिका–३, सल्लेरीबाट एक थान भरुवा बन्दुकसहित बझाङका ३७ वर्षीय वीरबहादुर धामी पक्राउ परेका हुन् । 

उनी सल्लेरीस्थित ससुरालीमा बस्दै आएको बताइन्छ । धामीलाई ईलाका प्रहरी कार्यालय फल्टुडेवाबाट खटिएको टोलीले हिजो साँझ भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । 

हाल यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू