तामाङ्ग संस्कृति जोगाउन राजधानीमा संगीत महोत्सव
तामाङ्ग कलाकारहरुको छाता संगठन नेपाल तामाङ्ग कलाकार संघले ‘तामाङ्ग मौलिक सेलो संगीत महोत्सव’ को आयोजना गर्ने भएको छ । तामाङ्ग जातिको मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ ।
मंसिर २९ र ३० गते राजधानीको बौद्धस्थित हायात होटलको प्राङ्गणमा कार्यक्रम हुने संघका अध्यक्ष विशाल काल्तानले बताए । तयारी अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उनले महोत्सवले हराउँदै गएको तामाङ्ग पहिचानलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
थुप्रै तामाङ्ग कलाकारले महोत्सवमा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ । यो तेस्रो पटक आयोजना गर्न लागिएको हो । तामाङ्ग जातिको सांस्कृतिक चिनारी डम्फु र ताम्बा संस्कृतिलाई संरक्षण गर्न महोत्सवले सहयोग पुर्याउने विश्वास गरिएको छ । तयारीको क्रममा केही प्राविधिक काम बाँकी रहेको उनको भनाई छ ।
टिप्पणीहरू