ग्लोबल बैंकका चार शाखा एकैसाथ सञ्चालनमा

ग्लोबल बैंकका चार शाखा एकैसाथ सञ्चालनमा
सुन्नुहोस्

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाइएको छ  । 

नयाँ शाखाहरुबाट आजैदेखि सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराइएको बैंकको भनाई छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाख बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै मुलुकको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू