वातावरणवारे छलफल गर्न गभर्नरलाई बैंककमा निम्तो
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकक प्रस्थान गरेका छन् । उनी क्लाइमेट इस्यु र पेमेन्ट सेटलमेन्टसम्वन्धी विषयमा आयोजित छलफलमा भाग लिन चार सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ गएको बताइएको छ ।
अधिकारीसँगै बैंक सञ्चालक समितिका सचिव तथा निर्देशक मुक्ति सापकोटा,भुक्तानी प्रणाली व्यवस्थापन विभाग र गभर्नरको कार्यालयका दुई जना उपनिर्देशक पनि थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा दिउँसो साढे १ बजे उडेका हुन् ।
टोली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।
टिप्पणीहरू