राप्तीका कृषकले माघे सङ्क्रान्तिदेखि मल कार्ड पाउने

राप्तीका कृषकले माघे सङ्क्रान्तिदेखि मल कार्ड पाउने

चितवनको राप्ती नगरपालिकाले कृषक मल कार्ड लागू गर्ने भएको छ । नगरपालिकाले आगामी माघ १ गतेबाट कृषक मल कार्ड लागू गर्न लागेको हो । 

अनुदानको मल कृषि प्रयोजनका लागि प्रभावकारी रुपमा वितरण गर्न मल कार्ड लागू गर्न लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सम्बन्धित लाभग्राहीलाई आ-आफ्नो वडा कार्यालयमार्फत कृषक मल कार्ड बनाउन अनुरोध समेत गरेको छ । 

साथै, नगरपालिकाबाट अनुमति प्राप्त अनुदानको मल बिक्रीवितरण गर्ने डिलरहरुलाई माघ १ गतेबाट कृषक मल कार्डमार्फत मात्र वितरण गर्न निर्देशन दिइएको छ ।

टिप्पणीहरू