मेसिनले किरियापुत्रीको दर्द सुन्दैन नि श्रीमान् ?

मेसिनले किरियापुत्रीको दर्द सुन्दैन नि श्रीमान् ?
सुन्नुहोस्

तारिखका नाउँमा सर्वाेच्च अदालतमा भइरहेको अनियमितता अन्त्य गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट अटोमेटेड तारिख प्रणाली लागू भएपछि फाट्टफुट्ट सुधारका काम त भएका छन् तर मुद्दामा सेवाग्राहीको पीरमर्का भने बल्झिन थालेको छ ।

दुःखको कुरा फांँटवालाले सुनेर छोटो या लामो तारिख दिने सर्वाेच्च अदालतको परिपाटी यतिबेला अन्त्य भएको छ । कोही बिरामी परेको छ कि, कोही टाढा गएको छ कि वा कोही कोरामा बस्नु परेको वा मलामी जानु परेको छ कि मेसिनले सुन्दैन रहेछ श्रीमान् !

कतिपय सेवाग्राहीले अदालतका फाटवालाहरू र कानुन व्यवसायीसमक्ष दर्द भरिएका कहानी सुनाउन थालेका छन् । एक कानुन व्यवसायीका अनुसार, मेसिनले नसुन्ने भएकाले सेवाग्राही भने मर्कामा परेका छन् ।

फा“टवालाले तलमाथि गर्दा तिनलाई सजायँ हुने गर्दथ्यो, ढिलो गर्दा चाँडो सक्न र धेरै चाँडो गर्दा ठिक्क समयमै गर्न लगाइन्थ्यो । तर, मेसिनले तारिख तोक्न थालेपछि फाँटवाला र सुपरिन्टेन्डेन्टको समेत अधिकार खोसिएको अवस्था छ ।

टिकटक बन्दविरुद्धको मुद्दा न्यायाधीश विनोद शर्माको इजलासले मंसिर ४ गते प्रारम्भिक सुनुवाइ गरेर लिखित जवाफ मगाएको थियो । इजलासले मुद्दा अन्तिम सुनुवाइका लागि १९ गते पेशीमा चढाउन आदेश दिए पनि अटोमेटेड मेसिनले २०८१ बैशाख १७ मा पु¥याइदिएको छ । भनिएकै मितिमा दशदिनभित्र प्रधानमन्त्रीलगायत विपक्षीले लिखित जवाफ त पेश गरे तर मेसिनले न इजलासको आदेश टे¥यो न रिट निवेदकको अपेक्षा नै सुन्यो ।

मेसिनले अन्तरिम आदेश पाएका मुद्दामा समेत ५ देखि सात महिना टाढाको तारिख तोकिदिने गरेको र अन्तरिम आदेश खारेजीको मुद्दा दुई÷दुई दिनमा राखेर पक्ष र वकिललाई हैरान बनाइदिएको कानुन व्यवसायीहरू बताउँछन् ।

यही अवस्था रहे अटोमेटेड पेशी प्रणाली खपिनसक्नु हुने कानुन व्यवसायीको दाबी छ । तारिख प्रणालीले त यो हालत ग¥यो भने अटोेमेटेड पेशी प्रणालीले कहाँ पु¥याउला ? उनीहरूको गुनासो छ ।

सर्वाेच्च अदालतमा जति न्यायाधीशको कमि भयो त्यति अटोमेटेड मेसिनको तुजुक चल्न थालेको पनि सेवाग्राहीको गुनासो छ । यस वर्ष मात्रै १२ जना न्यायाधीशले अवकाश पाउँदै गर्दा मुद्दाको फस्र्याेट राम्रोसँग हुन सकेको छैन, यसैबीच मुद्दाको संख्या पनि थपिँदा अटोटेड मेसिन चर्काेसंग घुमिरहेको छ ।

 मुद्दामा पालो नआउने रोग लागिरहेकै बखत भटाभट न्यायाधीश पद खाली हुँदै जाँदा सेवाग्राही भने चर्काे मारमा परेका छन् । अदालतमा मुद्दा र निवेदनको समेत सुनुवाइमा पालो नआउने गम्भीर रोग देखा परेको छ । अन्तरिम आदेश लिनुपर्ने, कुनै तल्ला निकायको आदेश बदर गराउनुपर्ने वा विशेष महत्वका मुद्दामा समेत समयमा पालो नआउने रोगझैँ सामान्य भइरहेकै बेला अटोमेटेड मेसिनले मुद्दा घुमाइरहेको छ ।

पुनरावेदन, दोहो¥याउने निवेदन वा साधकजस्ता तलबाट माथि आउने मुद्दाको सुनुवाइको बेहाल त छंँदै छ, दैनिक बीस पच्चिसवटा रिट निवेदन र तल्ला अदालतका काम कारबाहीमा हुने निवेदनहरूको समेत समयमा सुनुवाइ हुन नसक्दा सर्वाेच्च अदालतमा अचम्मकै अवस्था बनेको छ ।

एकल इजलासमा बस्नुपर्ने न्यायाधीशलाई समेत संयुक्त इजलाससमेत तोकिने गर्दासुनुवाइमा गम्भीर प्रभाव पर्ने गरेको छ । एकातिर न्यायाधीशको कमी, अर्काेतिर मेसिनको चर्काे आवाजले न्यायालय प्रभावित भएको छ ।

टिप्पणीहरू