महालक्ष्मीका कार्डवाहकलाई एपोलो डाइग्रोस्टिकमा विशेष छुट
महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्रोस्टिक सेन्टरमा विशेष छुट पाउने भएका छन् । डिजिटल बैंकिङ्ग माध्यमको प्रयोग बढाउन बैंकले काठमाडौंको धुम्बाराहीमा अवस्थित एपोलो डाइग्रोस्टिकसँग समझदारी गरेसँगै उक्त छुट प्राप्त हुन लागेको हो ।
बैंकका कार्डवाहक ग्राहकले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवामा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
जसअनुसार हेल्थ प्याकेज र नियमित परीक्षणमा २५ प्रतिशत, आउसोर्स परीक्षणमा १० प्रतिशत, कोभिड–१९ पीसीआर परीक्षणमा एक हजार रुपैयाँ र कोभिड–१९ एन्टिजेन परीक्षणमा सात सय ५० रुपैयाँ छुट प्राप्त हुने बैंकले जनाएको छ ।
बैंकले यस किसिमको सहकार्यबाट आफ्ना कार्डवाहक ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको छ । साथै, डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैंकले आफ्ना विभिन्न शाखाबाट वित्तिय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
टिप्पणीहरू