बैंकक जान नपाएका नेपाल एअरलाइन्सका यात्रुको सिनामंगल र ज्ञानेश्वरमा बास

बैंकक जान नपाएका नेपाल एअरलाइन्सका यात्रुको सिनामंगल र ज्ञानेश्वरमा बास

नेपाल वायुसेवा निगमको आजको उडान रोकिएपछि बैंकक जान नपाएका यात्रुलाई भोलि लगिने भएको छ । उडान नम्बर आरए ४०१ बाट दिउँसो साढे २ बजे त्यसतर्फ जान लागेका १५० जना यात्रु काठमाडौंमा रोकिएका छन् । 

१४४ जना नेपाली, छ जना विदेशी यात्रु र ११ जना चालक दलका सदस्य बोकेर उड्न ठिक्क परेको उक्त विमानमा धावन मार्गमा जाने क्रममा प्राविधिक समस्या देखिएको थियो । त्यसपछि यात्रुलाई ओरालेर सवा ४ बजे पुनः यात्रुलाई विमानमा राखियो । तर, साढे ४ बजे पुनः सोही समस्या देखिएपछि यात्रुलाई ५ बजे ओरालेर विमानस्थलभित्र राखिएको थियो ।

पटक पटक विमानमा राख्ने र ओराल्ने गरेपछि उनीहरुले त्यहाँ होहल्ला गरेको बताइन्छ । त्यसपछि विमानस्थलमा रहेको र्याडिसन होटलको रेष्टुरेन्टमा खाना खुवाउने सहमति भएको हो । खाना खाएपछि शान्त भएका यात्रुलाई राति साढे ९ बजे विमानस्थल नजिकैको एअरपोर्ट होटल र ज्ञानेश्वरको होटल काभेरीमा राखिएको छ ।

यात्रुहरुलाई भोलि बिहान ११ बजे विमानस्थलमा पुर्याएर दिउँसो २ बजे बैंकक उडाइने निगमले जनाएको छ ।


 

टिप्पणीहरू