यो कस्तो ड्रेस हो, क्याप्टेन अमेरिका ?

यो कस्तो ड्रेस हो, क्याप्टेन अमेरिका ?

हलिउड अभिनेत्री एलिजाबेथ ओल्सन एउटा तस्वीरको कारण ट्रोलको शिकार बनेकी छन् । विश्वकै महंगी अभिनेत्रीको रुपमा चिनिने उनी एउटा ड्रेसको कारण ट्रोल बनेकी हुन् । 

यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको एउटा तस्वीर निकै भाइरल छ । एलिजाबेथले लगाएको ड्रेसलाई लिएर दर्शकहरु पक्ष-विपक्षमा बाँडिएका छन् । कतिपयले उनको ड्रेसिङ सेन्स नभएको टिप्पणी गरेका छन् भने कतिपयले उनको बचाउ गर्दै उक्त ड्रेस आजको जमानामा सामान्य रहेको बताएका छन् । 
एक दर्शकले उनको तस्वीर शेयर गर्दै लेखेका छन्, 'तपाईंको जस्तो पात्रको यति कमजोर ड्रेसिङ सेन्स होला भनेर सोचेको थिइन ।' 

अर्का एक दर्शकले भने बचाउ गर्दै लेखेका छन्, 'आजको समयमा यो ड्रेस सामान्य हो । बिकनी शुट गर्दा आपत्ती नहुने,अनि फेशन प्रवर्धनको पोशाक लगाउँदा किन यत्रो आपत्ती ?' 

केही दर्शकले भने एलिजाबेथलाई व्यंग्य गर्दै लेखेका छन्, 'यो कस्तो ड्रेस हो,, क्याप्टेन अमेरिका ?' 

३४ बर्षीया एलिजाबेथले सन् २०११ मा 'मार्थ मार्सी मे म्यारिलिन' नामक थ्रिलर फिल्मबाट डेब्यु गरेकी थिइन् । विश्वकै सर्वाधिक महंगो फिल्म निर्माण कम्पनी मार्भल युनिभर्सको सहकार्यमा उनले दर्जनौ हिट फिल्मी दिएकी छन् । 'एभेन्जर्सः एज अफ अल्ट्रन', 'क्याप्टेन अमेरिकाः सिभिल वार', 'एभेन्जर्सः इनफिनिटी वार', 'एभेन्जर्सः इन्डगेम', 'डक्टर स्ट्रेन्ज' लगायतका उनका चलचित्रले ऐतिहासिक कमाइ गरेका थिए ।

टिप्पणीहरू