बंगलादेशमा युन्नान अन्तर्राष्ट्रिय वसन्त महोत्सव

बंगलादेशमा युन्नान अन्तर्राष्ट्रिय वसन्त महोत्सव
सुन्नुहोस्

सन् २०२४, वसन्तको आवाज र सुनौलो सपना अन्तर्राष्ट्रिय नयाँ वर्ष कला कार्यक्रमको प्रदर्शन दलले स्थानीय समय १७ तारिकमा बंगलादेश स्थित ढाका शहरको कला परिसरमा आएर स्थानीय कलाकारहरूसँग मिलेर चिनियाँ भावना र सुनौलो सपना एकअर्काको पूरक भएको नाटकीय प्रस्तुति देखाइएको छ!

स्थानीय समय १७ जनवरी, २०२४ मा, वसन्तको आवाज र सुनौलो सपना अन्तर्राष्ट्रिय नयाँ वर्ष कला कार्यक्रम ढाकामा विशेष रुपमा प्रदर्सन भयो।

 

( चिनियाँ र बंगलादेशी गायक गायिकाहरूल चीन-बंगलादेश मित्रता बोलको गीत गाउँदै )

यस पटकको कार्यक्रम बंगलादेशस्थित चिनियाँ दूताबास, युन्नान प्रदेश समाचार कार्यालय, युन्नान प्रदेश विदेश बिभाग कार्यालयले  संयुक्त आयोजना गरेको हो, सन् २०२४ वसन्तको आवाज र सुनौलो सपनाू वसन्त महोत्सव अर्थात् चिनिया नयाँ बर्षको सांस्कृतिक आदानप्रदानको मुख्य कार्यक्रम हो। यो कार्यक्रममा स्थानीय जनता, बंगलादेशमा बसिरहेका चिनिया र चिनिया उद्यम प्रतिष्ठानका प्रतिष्ठात्मक व्यक्तिहरू, आदि लगायत १००० भन्दा बढी व्यक्तिहरूको सहभागी थियो।

बंगलादेशमा रहनुभएको चीनिया राजदूत याओ वनले भन्नुभयो, जनसंख्या सर्वेक्षणको परिणामले देखाएको छ कि बंगलादेशका ६० प्रतिशतभन्दा बढी उत्तरदाताहरूले चीनप्रति सकारात्मक धारणा राखेका छन् र ९० प्रतिशतभन्दा बढीले चीन–बंगलादेश सम्बन्धको वर्तमान अवस्था राम्रो रहेको बताएका छन् । चीन-बंगलादेश बेल्ट एण्ड रोड सहयोगले बंगलादेशको सामाजिक-आर्थिक विकासमा सकारात्मक परिवर्तन ल्याएको छ र धेरै भन्दा धेरै बंगलादेशी नागरिकहरु चीनको बारेमा जान्न र चीन जान चाहन्छन् । चीन-बंगलादेश सम्बन्धले दुइ देशका जनताबाट ईमानदारीपूर्वक समर्थन पाएको छ र हामी विश्वास गर्छौं कि चीन-बांग्लादेश मित्रता आगामी दिनमा अझै लोकप्रिय हुँदैजानेछ।

बंगलादेशको सामाजिक कल्याण मन्त्री दीपु मोनीले वान बेल्ट, वान रोड लाई अत्याधिक  राम्रो मूल्याङ्कन गर्नुभएको छ। उहाले भन्नुभयो, सन् २०२३ बंगलादेश र चीनको बीच वान बेल्ट, वान रोड सहकार्यको  एक सफल वर्ष हो र १४ ठूला पूर्वाधार परियोजनाहरू सम्पन्न भएका छन् वा  अगाडि बढाइएको छ। यस्तै, दुई देशहरू बीच सांस्कृतिक आदानप्रदान फस्टाएको छ, आ-आफ्नो देशको विकासलाई निरन्तर अघि बढाईरहेका छन। 

चीन र बंगलादेश प्राचीन कालदेखि नै असल छिमेकी राष्ट्र र असल मित्र राष्द्र हुन् । बंगलादेश चीनसँग संयुक्त रूपमा बेल्ट एण्ड रोड निर्माण गर्न सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने पहिलो देश हो। वर्तमानमा बांग्लादेशमा ६७० भन्दा बढी चीनीया कम्पनीहरूले  काम गरिरहेका छन्, जसले बांग्लादेशको ५ लाख ५० हजार कामदारलाई रोजगार प्रदान गरेको छ । चीनको दक्षिणपश्चिममा अवस्थित युन्नान दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा चीनको खुला सिमाना र सहकार्य गर्ने अग्रपंक्तिको प्रान्त हो र   बेल्ट एण्ड रोड को संयुक्त निर्माणमा महत्वपूर्ण योगदान छ। जसले बंगलादेशसँग आर्थिक, शैक्षिक, मानवाधिकार आदि विभिन्न क्षेत्रमा घनिष्ट सहकार्य स्थापित गरेको छ ।

हाल, युन्नान प्रान्तले युन्नानमा चिनियाँ शैलीको आधुनिकीकरणको अध्याय लेख्न हरसम्भव प्रयास गरिरहेको छ, जबकि बंगलादेश ‘सुनौलो बंगलादेश सपना ’ को लागि प्रयासरत छ। चिनिया पात्रो अनुसार आउँदै गरेको चीनीया  ड्रागन वर्षमा, हाम्रो परंपरागत मित्रता बलियो बनाउनका लागि, आपसी लाभको सहकार्य बलियो बनाउनका लागि र भविष्यमा सँगै काम गर्ने सपना पूरा गर्नेछौं । -युन्नान प्रदेश सूचना विभागका उपमहासचिव, युन्नान प्रान्तीय सभ्यता कार्यालयका निर्देशक फङ् पीन् ले भन्नुभयो ।

त्यसपछि उद्घाटन नाच खुशी र शुभ वर्ष मार्फत चीनया र बंगलादेशका कलाकारहरूले संयुक्त रूपमा प्रस्तुत साँझ समारोह सुरु गरियो। चनाखो हानी जतिहरुको नृत्य हरियो खैरो हीरू, उत्कृष्ट चीनीया कलाबाजी ब्यालेट अन द शोल्डरू,आनाजतिको आकर्षक थाई नृत्य सुनौलो मयुर नृत्यू, जोशपूर्ण वाद्य प्रदर्शन चिनियाँ संगीत सङचुन, अचम्मको जादु हाइ बांग्लादेश, र नशा लाग्ने बांग्लादेशी नृत्य धामैल ।।। ले दर्शकको जयजयकार पायो ।

(चिनियाँ कलाबाजी ड्रमिङ)

युन्नानको जातीय शैलीसहित अत्यन्त कठिन चीनीया कलाबाजी ड्रमिङले प्रदर्शन अगाडि बढाए । एक मिटर जति लामो हात्तीको खुट्टे ड्रम थाई केटीको खुट्टामाथि पुतली जस्तै फर्फरौदै उडे। मानिस, ढोल जोड्दै एक भव्य मानव टावर बनाए, यी सबै  प्रदर्शनले दर्शकहरूको मन जितेको थियो।

एक राम्रो कलाबजिको प्रदर्शनले सुन्दर र समन्वित मात्रै झल्कौदैन, एकता र सहयोगको सुन्दरता र शक्ति पनि देखाउँदछ । शमारोहका निर्देशक तथा युन्नान प्रदर्शन कला कम्पनि लिमिटेड को कलात्मक निर्देशक छ्येन सुएथाओले भने, यो चीन र बंगलादेशबीचको मित्रता र सहकार्य जस्तै हो ।

रात्री कार्यक्रमको विशेष निमन्त्रणामा सिलत सोफिल उद्दिन माध्यमिक विद्यालयका विद्यार्थीहरूले कार्यक्रम प्रस्तुत गरेका थिए । केही समयअघि बंगलादेशस्थित चिनियाँ दूतावासले विद्यालयलाई ‘स्मार्ट क्लासरूम’ सहयोग गरेको थियो ।

(बंगलादेशी विद्यार्थीहरूकाे प्रदर्शन)

सांस्कृतिक आदानप्रदानले क्षेत्रान्तर गर्छ, हृदयमा स्पर्श गर्छ । याओ वेनले भने, विद्यार्थीहरूलाई स्टेजमा प्रदर्शन गर्न आमन्त्रित गर्नुको उद्देश्य  बंगलादेशको विशेष संस्कृतिलाई आफ्नो भावना प्रयोग गरेर सबैसमक्क्ष्य स्थानान्तरण गर्नु हो र दुई देशका जनताहरू बीच एकअर्काको संस्कृतिको बुझाई र पहिचानलाई अझ गाडा बनाउनु हो ।

(बंगलादेशी विद्यार्थीहरूकाे प्रदर्शन)

चिनियाँ र बंगलादेशी गायकहरूले चीन र बंगलादेशको मित्रताको गीत गाएपछि समारोह समाप्त भयो। गीतका गायक, बंगलादेशको नर्थ साउथ विश्वविद्यालयका विद्यार्थी सैकत इस्लामले भने  यो गीतले सबैको भावना व्यक्त गर्दछ ।


 

टिप्पणीहरू