'धोकेबाज भन्ने गायिका'लाई प्रेममा धोका

'धोकेबाज भन्ने गायिका'लाई प्रेममा धोका
सुन्नुहोस्

'धोकेबाज हौ तिमी' बोलको गीतबाट रातारात चर्चामा आएकी गायिका एलिना चौहानको प्रेम सम्बन्ध वर्ष दिन नपुग्दै टुटेको छ । उनी आफैँले 'ब्रेकअप'को पीडा भुलेर अघि बढेको खुलासा गरेकी हुन् । 

चौहान एक वर्षदेखि अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेम सम्बन्धमा थिइन् । कन्सर्टमा भाग लिन अष्ट्रेलिया पुगेका बेला उनीहरुको भेट भएको र त्यसको केही समयपछि माया प्रेममा परेको चर्चा थियो । दुबै जनाले सम्बन्धलाई खुला रुपमा स्वीकार पनि गर्दै आएका थिए । 

तर, चौहानले एक सञ्चार माध्यमसँग कुरा गर्दै अहिले ब्रेकअप भएको बताएकी छन् । आफूहरुको सोच नमिलेको कारण सम्बन्ध अन्त्य गरेको उनको भनाई छ ।

टिप्पणीहरू