एनसेल छानबिन प्रतिवेदन बुझाइयो

एनसेल छानबिन प्रतिवेदन बुझाइयो
सुन्नुहोस्

एनसेलको सेयर खरिद बिक्री छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ । पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सचिव फणिन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेको समितिलाई सरकारले ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । 

गत मंसिर २१ गते बिहान बसेको क्याबिनेट बैठकले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा उठेको प्रश्नको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको थियो ।

टिप्पणीहरू