वास्तविक किस गरेका ६ चलचित्रको चर्चा

वास्तविक किस गरेका ६ चलचित्रको चर्चा
सुन्नुहोस्

वास्तविक जीवनमा अफ्ठ्यारो लाग्ने र गर्नै नसकिने कामहरु चलचित्रको पर्दामा सजिलै प्रस्तुत गरिन्छ । विभिन्न एक्शन स्टन्ट होस्, वा रोमान्सका गतिविधि, त्यस्ता दृश्यहरुका लागि चलचित्र सम्पादन गर्दा भिएफएक्स प्रयोग गरिन्छ । अर्थात् पर्दामा आँखाको लागि मात्र बनावटी दृश्य प्रयोग गरिन्छ, जुन वास्तविकताभन्दा निकै पर हुन्छ । 

तर, त्यस्ता चलचित्रको कुरा गरौँ, जसमा भिएफएक्स प्रयोग नगरेर कलाकारहरुले वास्तवमै चुम्बन गरेका छन् । दृश्यलाई अर्गानिक बनाउन र कथाको मागलाई पूरा गर्न केही कलाकारहरुले शुटिङमै वास्तविक किस गरेका चलचित्रहरु धेरै छन् । ती मध्ये सबैभन्दा हिट भएका केही चलचित्र र कलाकारबारे चर्चा गरौँ । 

'धुम-२' 
सन् २००६ मा रिलिज भएको चलचित्र 'धुम २' मा अभिनेता ऋतिक रोशन र अभिनेत्री ऐश्वर्या रायले साँचैको चुम्बन गरेका थिए । बलिउड हंगामाका अनुसार त्यतिबेला चलचित्र रिलिज भएपछि उनीहरुको किसिङ सिनलाई लिएर ठूलै विवादसमेत भएको थियो । 

यशराज फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रले २१ करोड कमाएको थियो । चलचित्रमा ऋतिक र ऐश्वर्यासँगै अभिषेक बच्चन, विपसा बासु र उदय चोपडा पनि मुख्य भूमिकामा थिए । 

'बेफिक्री'
रणवीर सिंह र वाणी कपूर अभिनित यस चलचित्रमा देखाइएको चुम्बनको दृश्य पनि सम्पादित होइन । सन् २०१६ मा प्रदर्शन भएको चलचित्रमा यो जोडीले कथालाई जीवन्त देखाउन वास्तविक किसको सिन दिएका थिए । 

आदित्य चोपडाको निर्देशन बनेको रोमान्टिक कमेडी ड्रामाको यस चलचित्रको लगानी ६० करोड थियो । चलचित्रले बक्स अफिसमा १०३ करोड कलेक्शन गरेको बताइन्छ ।  

'ब्याण्ड बाजा बारात'
अभिनेता रणवीर सिंह र अभिनेत्री अनुष्का शर्माले वास्तविक चुम्बन गरेको चलचित्र हो यो । रोमान्टिक कमेडी जनरामा बनेको यस चलचित्रले बक्स अफिसमा पनि राम्रै कलेक्शन गरेको थियो । 

सन् २०१० मा रिलिज भएको चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका थिए । चलचित्रका केही गीतहरु अहिले पनि हिट छन् । 

'मर्डर'
रोमान्टिक सस्पेनस थ्रिलर जनरामा बनेको यस चलचित्रमा अभिनेता इम्रान हास्मी, अस्मीता पटेल र मलिका शेरावतले स्क्रीन शेयर गरेका छन् । इम्रान र मलिकाको बोल्ड सीनको कारण चलचित्रलाई एडल्ट विधाको सर्टिफिकेट दिइएको थियो । उनीहरुले साँच्चीकै किस र रोमान्स गरेका थिए । 

यही चलचित्रको कारण इम्रानले 'रोमान्स किङ' को उपाधिसमेत पाए । सन् २००४ मा रिलिज भएको यस चलचित्रलाई अनुराग वासुले निर्देशन गरेका थिए ।  

'फितुर' 
म्युजिकल रोमान्टिक ड्रामाको जनरामा बनेको यस चलचित्रमा पनि अभिनेता आदित्य रोय कपुर र अभिनेत्री कट्रिना कैफले वास्तविक किस गरेका थिए । सन् २०१६ मा रिलिज भएको फितुरको निर्देशन अभिषेक कपुरले गरेका हुन् । 

चलचित्रले बक्स अफिसमा उल्लेखनीय कलेक्शन गर्न नसके पनि राम्रो समीक्षा पाएको थियो । 

'गेह्राइया'
यस चलचित्रको लिड रोलमा देखिएका दीपिका पादुकोण र सिद्धान्त चतुर्वेदीले पनि कथालाई जीवन्त देखाउन साँचैको किस गरेका थिए । रोमान्टिक ड्रामा जनरा बनेको यो चलचित्र सन् २०२२ मा रिलिज भएको थियो । 

सकुन वत्रले निर्देशन गरेको यस चललिचत्रमा अनन्या पाण्डे पनि मुख्य भूमिकामा थिइन् । यसमा राखिएको किसिङ सिनको कारण चलचित्रलाई ओटीटीमा रिलिज गर्नु परेको थियो ।

टिप्पणीहरू