किताबको विषयमा पत्रकार महासंघको कार्यक्रममा भाँडभैलो

किताबको विषयमा पत्रकार महासंघको कार्यक्रममा भाँडभैलो
सुन्नुहोस्

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखाले प्रकाशन गरेको पुस्तक लोकार्पण समारोहमा भाँडभैलो भएको छ ।

उक्त पुस्तकको विरोध गर्दै आदिवासी जनजाति पत्रकार संघ (फोनिज) ले कार्यक्रम रोक्न खोजेपछि लफडा भएको हो । महासंघको पुस्तक ‘अग्र अनुहार कथा अग्रजको गाथा’ मा महासंघका संस्थापक सत्यनारायण श्रेष्ठको भूमिका उल्लेख नगरिएको भन्दै फोनिजका पदाधिकारीहरु विमोचन रोक्न पुगेका थिए ।

त्यसक्रममा उनीहरुले पुस्तक च्यात्नुका साथै नाराबाजी गरेको बताइएको छ । सो पुस्तक बजारमा गएपछि जहाँ भेट्यो त्यहि च्यात्ने उनीहरुको चेतावनी छ । 

आयोजकले सभामुख देवराज घिमिरेबाट पुस्तक विमोचन गराउने तयारी गरेको थियो । तर, कार्यक्रममा तनाव हुने संकेत पाएपछि सभामुख घिमिरे भने उपस्थित हुनुभएन ।

टिप्पणीहरू