पाँडे र जिग्रीले मिलेर 'लाज शरणम्’ ल्याउने

पाँडे र जिग्रीले मिलेर 'लाज शरणम्’ ल्याउने

पछिल्लो समय हाँस्य टेलिसिरियलबाट चलचित्रमा डेब्यु गर्नेहरुको लहर बढ्दो छ ।

'तितो सत्य' सिरियलका दिपकराज गिरी र दिपाश्री निरौला चलचित्रमा स्थापित भइसकेका छन् । 'मेरी बास्सै' सिरियलबाट सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र केदार घिमिरे (माग्नेबुढा) पनि चलचित्रमा छाइसकेका छन् । 

यहीबीच चर्चित हाँस्य सिरियल 'सक्किगोनी' टिमले चलचित्रमा बनाउने भएको छ । सिरियलका निर्देशक तथा कलाकारद्वय कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे'ले मिलेर ‘लाज शरणम्’ नामक चलचित्र बनाउन लागेका हुन् । 

चलचित्रको कथा लेखन अन्तिम चरणमा पुगेको र आगामी बैशाखबाट छायांकन शुरु हुने बताइएको छ । कलाकार भने अझै सार्वजनिक गरिएको छैन।

छिट्टै कलाकार पक्का गरेर चलचित्रको औपचारिक घोषणा गर्ने निर्माण पक्षले जनाएको छ ।

टिप्पणीहरू