विदेशीलाई लेखिएको पत्रमा मिति न चलानी, विमानस्थलको नाममा करोडौं खरानी
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका आर्थिक अनियमितता र बदमासीका श्रृंखला क्रमशः बाहिरिएका छन् । डेढ दशकको अवधिमा अर्बौंको मालिक बनेका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन र प्रक्रिया अघि बढाएको निकै भैसक्यो । सोही प्रक्रियामा आफूलाई साखुल्य देखाउन अधिकारी शंकास्पद कागजपत्र बनाउन व्यस्त देखिन्छन् ।
महानिर्देशकमा नियुक्त हुनुअघि अधिकारी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका प्रमुख थिए । उनीमाथि सबैभन्दा धेरै अनियमितताको आरोप सोही विमानस्थल निर्माणको क्रममा लागेको छ ।
सन् २०२३ जनवरी १ तारिखका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको उक्त विमानस्थल सोही दिनदेखि आन्तरिक उडानको निम्ति सञ्चालनमा आएको हो । उद्घाटनभन्दा तीन दिनअघि चिनियाँ निर्माण कम्पनीलाई कार्य सम्पन्न भएको उल्लेख गर्दै हस्तान्तरणको कागजात उपलब्ध गराउने यिनै थिए ।
तर,अहिले उनै अधिकारीको निर्देशनमा प्राधिकरणले विमानस्थलको निर्माण कार्य सम्पन्न नभएको विवादास्पद पत्र पठाएको छ । ‘सरकारी निकायको पत्रमा न मिति उल्लेख छ,न चलानी नम्बर नै,’ चिनियाँ निर्माण कम्पनी निकट स्रोतले भन्यो, ‘तर,प्राधिकरणको चलानीमा पत्र २०२३ मा लेखिएको बताइएको छ । काम बाँकी रहेको अर्को पत्र थमाएर पहिले निर्माण सम्पन्न दिनुको असली नियत यही पत्रबाट छर्लङ्ग हुन्छ ।’
एक वर्षअघि निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान गरेर अहिले दिइएको पत्रमा छ वटा मुख्य निर्माण बाँकी रहेको लेखिएको छ । जसमा सेक्युरिटी बिल्डिङ,प्राकृतिक दुबो रोप्ने,पानी ट्याङ्की, इमर्जेन्सी गेट,वैकल्पिक सडकको गेट र यात्रुको आगमन र प्रस्थान कक्ष बाहिरको सेड निर्माण गर्नुपर्ने भनिएको छ ।
टिप्पणीहरू