सेनामा एक जनाले कसरी सक्नु !

सेनामा एक जनाले कसरी सक्नु !
सुन्नुहोस्

छोड्ने बेला मिलाएर जानुपर्नेमा प्रधानसेनापति प्रभुराम शर्मा अल्मलिएका छन् । भर्खरै लेफ्निेन्ट जर्नेलमा बढुवा भएका निर्मलकुमार थापा फोर्स कमाण्डरको रुपमा सिरियामै छन् । बढुवालगत्तै देश फर्र्किए, फुली लगाए, अनि उतैतिर लागे ।

जबकि, उनीसहित २ जना रथीलाई प्रधानसेनापतिको दुई हात मानिन्छ । त्यसमाथि जातेजाते सेनापतिका धपेडी बढी हुन्छन् । पोका–पन्तुरा यही बेला कस्नुपरेको हुन्छ । सैनिक प्रचलनअनुसार, प्रधानसेनापतिसँग निहित हुने अधिकार डिपिआर (कूटनीतिक तथा जनसम्पर्क), आर्थिक र कानुन हुन् । त्यसबाहेक सबै काम दुई लेफ्टिनेन्ट जर्नेलको मातहतमा हुने अभ्यास छ । तर, एउटा लेफ्टिनेन्ट जर्नेललाई देश र अर्कोलाई बाहिर राख्दा सबै काम एउटैको हातमा हुने भएको छ । यहाँ हुने लेफ्टिनेन्ट जर्नेल तथा भावी प्रधानसेनापति अशोक सिग्देल हुन् । 

यस्तो स्थितिका कारण संयुक्त राष्ट्रसंघमा आफ्नो संस्थाको दैनिक कामकाज गर्ने विभागको जिम्मेवारी बाँडफाँड हुन पाएन । यसअघि सिरिया मिशनमै रहेका बेला पूर्णचन्द्र थापाले ३ तारे जर्नेलमा बढुवामात्रै पाएनन्, फिर्ता नै बोलाइयो । त्यसो त उनी प्रधानसेनापति हुने पक्कापक्की थिए र एक वर्षे कार्यकाल पनि पूरा गरिसकेका थिए । अहिले निर्मल फर्किंदा तेस्रो र प्रभुराम गएपछि केही समयका निम्ति दोस्रो हैसियतमा रहन्छन् । उनको अब ६–७ महिनापछिमात्रै स्वदेश फर्किने सुरसार छ । सेनाभित्र यो स्वाभाविक विषय होइन ।

जंगी अड्डामै थन्किएर बसेका थुप्रै मेजर जनरल छन् । उनीहरुलाई परीक्षा दिन लगाएर फोर्स कमाण्डर बनाई पठाए पनि हुन्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस भर्खरै फर्र्किएका छन् । त्यसबाट नेपालप्रतिको विश्व दृष्टिकोण सकारात्मक हुँदै गएको छ । त्यसमाथि मिशनमा फौज खटाउने देशमा नेपाल पहिलो भएको छ । यस्तो स्थितिमा अर्को मेजर जनरललाई पठाएर लेफ्टिनेन्ट जर्नेललाई यहीँ जिम्मेवारी दिनुपर्ने हो ।

किनभने, एउटा प्रधानसेनापति घर जाने र नयाँ प्रधानसेनापति बहाली हुने संक्रमणकालीन समयमा सेनाले सरकारसँग समन्वय गर्नुपर्छ । हुनेवाला प्रधानसेनापति आफैंले त्यस्तो समन्वय गर्ने प्रचलन हुँदैन । उनीपछिको हैसियतका हाकिम चाहिन्छ ।

विवादास्पद छविका सन्तोष ढकाल भदौ ११ मा घर जाँदैछन् भने ३ तारेका हकवाला बाबुराम श्रेष्ठलाई टोखाको स्टाफ कलेजमा थन्क्याइएको छ । उनी पूर्णचन्द्र थापाको कोपभाजनका कारण बढुवामा पछि परेका थिए । 

 

टिप्पणीहरू