खड्का गुरु दोहोरिन खोज्दै

खड्का गुरु दोहोरिन खोज्दै

पोखरास्थित गण्डकी आवासीय बोर्डिङ स्कूल लामाचौरले पछिल्ला बर्ष आलोचना र मुद्धा मामिला झेलेर बिताएको छ । अघिल्ला प्राचार्य रबिराज बरालले आफ्नो अवकासपछि अनुकूलका प्राचार्य ल्याउन गरेको प्रयत्न मिडिया मार्फत छताछुल्ल भएपछि आएका अर्का पात्र बीरेन्द्र खड्काले ५ बर्ष त गुजारे तर राष्ट्रिय गौरवको रुपमा स्थापित स्कूललाई बिबादै बिबादको डङ्गुरमा मिल्काएर गुजारे ।

उक्त स्कूलले कमाएको ख्याती आज बिश्वभर परिचित छ । यहाँका भूपू बिद्यार्थीहरु युरोप अमेरिका लगायत विकसित राष्ट्रमा सेवारत छन् । हाल नर्थ अमेरिकामा बसोबास गर्दै आएकाहरुको संस्था एग्बोसा नर्थ अमेरिकाले गण्डकी बोर्डिङ स्कूल ब्यवस्थापन समितिका अध्यक्षलाई संबोधन गरी दिएको लिखित उजुरी निवेदन जनआस्थालाई प्राप्त भएको छ । उक्त निवेदन स्कूल सञ्चालक सदस्यसमेत रहेका कास्किका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई समेत बोधार्थ दिइएको छ ।

खड्काले विनियमावलीबिपरित निकटलाई जिम्मेवारी दिएको, अनुमति नलिई ७०÷८० वटा रुख काटी बिक्री गरेको, कक्षा १२ को बोर्ड परिक्षामा कपी साँटेर फेललाई पास, पासलाई फेल बनाएको, सरकारी गाडी ल्याई मर्मतको नाममा लाखौ रुपैयाँ खर्च देखाएको आरोप लगाउँदै उनको म्याद थप्ने काम नगर्न ध्यानाकर्षण गराएको पाइएको छ ।

सार्वजनिक गुठीअन्तरगत सञ्चालित गण्डकी बोर्डिङलाई सरकारले बार्षिक करिब डेढ करोड रुपैयाँ नगद अनुदान दिँदै आएको भए पनि उसले गत बर्ष २० प्रतिशत शुल्क बढाएको थियो । बोर्डिङको आन्तरिक कोषमा हाल करिब ४० करोडभन्दा बढी रकम रहेको छ । 

बोर्डिङले आवासीय बिध्यार्थी भर्ना लिने कार्यलाई प्राथमिकता दिने नीति लिएको छ । प्रवेश परिक्षामा कम नम्बर ल्याए पनि होस्टेल बस्ने शर्तमा भर्ना लिने गरिन्छ । त्यसरी राखिएका बिध्यार्थी सोर्स र फोर्सको आधारमा डे बोर्डर्समा झारिने क्रम पछिल्लो बर्ष ह्वात्तै बढेको छ । होस्टेल सुपरभाइजर राजकुमार ढकाल र प्राचार्य बिरेन्द्र खड्काको योजनामा हुनेखानेहरुको चित्त बुझाउनु र बिध्यार्थीहरुलाई ट्रान्सफर गर्नु सामान्य कार्य भएको छ ।
 

टिप्पणीहरू