अर्थ सचिवको जिम्मेवारीबाट कृष्णहरि पुष्कर फेरि हटाईंदै

अर्थ सचिवको जिम्मेवारीबाट कृष्णहरि पुष्कर फेरि हटाईंदै
सुन्नुहोस्

सरकारले आजैको क्याबिनेट बैठकबाट अर्थ सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउनै लागेको छ । सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।
 
पुष्करलाई गत असोज ४ गतेदेखि अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । बीचमा केही समय उक्त जिम्मेवारीमा नरहेका उनलाई अघिल्लो सरकारले सोही अर्थ सचिवमा सरुवा गरेर ल्याएको हो ।

यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । सचिवमा गृहतिर एकनारायण अर्याललाई ल्याइएपछि पुष्करलाई हटाइएको ब्युरोक्रेसीतर्फको यो दोश्रो ठूलो हेरफेर हो ।
 

टिप्पणीहरू