'सहकारी ठगलाई कारवाही गर' भन्दै पैदल र्याली

'सहकारी ठगलाई कारवाही गर' भन्दै पैदल र्याली

बचत फिर्ता माग्दै आन्दोलनरत सहकारी पीडितहरुले आज काठमाडौँमा र्याली निकालेका छन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको अगुवाइमा पीडितहरुले तीनकुनेबाट पैदल र्याली निकालेका हुन् । झण्डै एक सय जनाको सहभागिता रहेको र्यालीमा बचत फिर्ताको माग गर्दै चर्को नाराबाजी भएको छ । 

पीडितहरुले ‘सहकारी ठगलाई कारबाही गर’, ‘हाम्रो बचत फिर्ता गर’ लगायतका नारा लगाएका छन् । 

पछिल्लो समय मुलुकभरका सहकारीमा समस्या देखिएको छ । धेरै पुँजी भएका सहकारीहरुले नै बचतकर्ताको बचत फिर्ता दिनसकेका छैनन् । 

बचत फिर्ताका लागि बचतकर्ताहरुले संघर्ष समिति गठन गर्नुका साथै आन्दोलन गरेर सरकारलाई दबाब दिइरहेका छन् ।

टिप्पणीहरू