मुख्यमन्त्री राति पक्राउ, बिहान सर्वोच्च अदालतमा

मुख्यमन्त्री राति पक्राउ, बिहान सर्वोच्च अदालतमा

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेको विरोधमा उनको पार्टि आमआदमी सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएको छ ।

भारतीय राजश्व विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा घोटाला प्रकरणमा उनलाई गएराति निवासबाट पक्राउ गरेको थियो ।

दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको जनाइएको छ । आम आदमी पार्टीले आज देशव्यापी विरोध प्रदर्शनको आह्वान गरिसकेको छ । 

उनीमाथि मदिरा घोटाला प्रकरणमा एक अर्ब भारतीय रुपैयाँ भ्रष्टाचारको आरोप लगाइएको छ । लोकसभा चुनावको पूर्व सन्ध्यामा राजधानी दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको घटनालाई राजनीतिक वृत्तले अर्थपूर्ण ठानेको छ ।

टिप्पणीहरू