'बोक्सीको घर'को लागि प्रकाश सपुतले बनाए यस्तो गीत

'बोक्सीको घर'को लागि प्रकाश सपुतले बनाए यस्तो गीत

चलचित्र 'बोक्सीको घर'को 'बुझिन मैले'बोलको गीत सार्वजनिक भएको छ । प्रकाश सपुतको शब्द र संगीत रहेको यस गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छिन् । 

आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको पोस्टर र टिजरले दर्शकमा राम्रो क्रेज बनाइसकेको देखिन्छ । यसको मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी, सुलक्षण भारती, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । 

चलचिको लेखन तथा निर्देशन सुलक्षणले नै गरेका हुन् । उनले केही वर्षअघि तयार पारेको नाटकको आधारमा चलचित्र निर्माण भएको बुझिएको छ । 

बद्री अधिकारीकोको निर्माता रहेको यस चलचित्रमा राज घिमिरे कार्यकारी निर्माता हुन् । शिवराम श्रेष्ठले खिचेको दृश्यलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

 

टिप्पणीहरू