चिनारी मेटाइदिने ‘पत्रकारिता चितवन’, के बाउ, के छोरा र ?

चिनारी मेटाइदिने ‘पत्रकारिता चितवन’, के बाउ, के छोरा र ?

नेपाल पत्रकार महासंघ चितवन शाखाबाट प्रकाशन हुने पत्रकारिता चितवनमा अहिले पनि जनअर्पण साप्ताहिकको नाम छुटाइएको छ ।

नेपाल पत्रकार महासंघमा ‘जस्ता पनि’ अर्थात् पत्रकारिता नगर्ने पनि सदस्य रहेको विषयलाई लिएर अधिवेशन स्थगित भएपनि हिजो अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । लामो समयपछि सो अवसरमा प्रकाशन गरी हिजो वितरण गरिएको पत्रकारिता चितवन भन्ने चितवनको पत्रकारिता झल्काउने पुस्तकमा फेरि पनि जनअर्पण साप्ताहिकको नाम छुटाएर हरिप्रसाद पोखरेलहरुले जालझेल गर्दै जनअर्पणको चिनारी मेटाउँदै आएको श्रृंखलालाई निरन्तरता दिएको बुझ्न कठिन छैन ।

यसबारे जनअर्पण साप्ताहिकको सम्पादकका छोराले सुरुदेखि नै बारम्बार कुरा राख्दै आएपनि दलालहरुले अटेर गर्दै यो वा त्यो बहानामा जनअर्पणलाई पाखा पार्दै आएका छन् । पत्रकार महासंघ जस्तो पत्रकारहरुको साझा संस्थालाई पनि आफ्नै पेवा झैं बनाएका छन् हर्ताकर्ताले । 

पत्रकारिता चितवनको सम्पादक सुरुदेखि धेरै वर्ष हरिप्रसाद पोखरेल नै रहिआए  । पुस्तक प्रकाशनमा सँधै हरिप्रसाद, राधेश्यामहरुको अग्रसरता कायम रह्यो । २०५७ मा नवलपरासीमा दर्ता भएपनि ०६२ देखि चितवनको नारायणगढबाट निरन्तर प्रकाशित, भरतपुर चितवनलाई नै कर्मथलो बनाउँदै आएको जनअर्पण साप्ताहिकलाई सँधै पाखा पार्न खोज्दै आएको प्रष्ट छ ।

यसपालिको पत्रिका वर्गीकरणको सूचीको कटिङ फोटो पत्रकारिता चितवनमा जनअर्पणको नाम छैन । प्रेस काउन्सिलले पत्रपत्रिका वर्गीकरणको सूची दर्ताअनुसार जिल्लास्तरीय रुपमा प्रकाशन गर्दै आएको छ । यस हिसाबले जनअर्पण नवलपरासीको सूचीमा रहने भयो । चितवनको सूचीमा हुन्न । त्यही चितवनको सूचीको फोटो स्मारिकाको नाममा पत्रकारिता चितवनमा छापेर चितवनको पत्रकारिताको चिनारीमा सरसरी जनअर्पणलाई पन्छाउने गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको दर्ता रेकर्डलाई पत्रपत्रिकाको लिस्टमा छापेर जनअर्पणको नाम भने धेरै वर्षदेखि नराख्दै आएका थिए । दर्ता हुनु ठूलो कि चल्नु र ? 

पत्रकारिता चितवनमा बरु नवलपरासी दर्ता भनेर जनअर्पणको नाम पनि खुलाउन जनअर्पणका तत्कालीन सहसम्पादकसमेत रहेका अजय गोर्खालीले महासंघका अध्यक्षहरुलाई उहिल्यैदेखि अनुरोध गर्दै आएपनि अहिलेसम्म अटेर गरिएको छ ।  

पोखरेल नेपाल पत्रकार महासंघ चितवनको अध्यक्ष हुँदा आजभन्दा ७ वर्षअघिबाट आफैं सम्पादक बनेर महासंघको प्रकाशनको रुपमा पत्रकारिता चितवन निकालियो । त्यसअघि नै जनअर्पण साप्ताहिकमा उनका पिता मोहनप्रसाद पोखरेलको बारेमा राजावादी पत्रकारलाई लाग्यो खानेबानी शीर्षकको समाचार प्रकाशन भएको थियो प्रमाणसहित । सोही रिस पोख्न पत्रकारिता चितवनपछि सधैं जनअर्पणलाई पत्रकारिता चितवनको सूचीमा कहिल्यै पारिएन । जानाजान जनअर्पणको चिनारी मेटाइयो । पत्रकारिता चितवनको सुरुकै अंकमा बरु चितवनबाट भर्खरै छापिन थालेको बागीश्वरी साप्ताहिकको नाम क्रमशः सूचीमै बर्दिया दर्ता भनेर उल्लेख गरी राख्दा पनि पुरानो जनअर्पण साप्ताहिकको नाम उनैले नराखेका हुन् ।   

यस विषयमा वर्षौंअघि जनआस्था साप्ताहिकमा लामै वृत्तान्त छापिइसकेको छ । त्यसपछि हरिप्रसादहरुको समूहले बागीश्वरीको नाम पनि पत्रकारिता चितवनको सूचीबाट हटाए तर जनअर्पणको नाम उल्लेख गर्न चाहेनन् । स्मरणरहोस्, जनअर्पण साप्ताहिक एक समय चितवनमा राम्रै चलेको पत्रिका हो । सुरुदेखि अफिस नै नारायणगढमा राखेर सञ्चालन हुँदै, भरतपुर, चितवनलाई नै कार्यक्षेत्र बनाएको स्थानीय पत्रिका हो जनअर्पण।

जनअर्पण निस्कँदा चितवनमा जम्माजम्मी ४–५ वटा पत्रिका थिए । सञ्चारपत्र प्रकाशन भएको थिएन । जनआस्था साप्ताहिकका संवाददाताको सहयोगमा खोजमूलक समाचार धेरै वर्ष छापिएको पत्रिका हो जनअर्पण, कुनै समय खोजीखोजी पढिन्थ्यो स्थानीय रुपमा । पत्रकार महासंघको कार्यालयमा सुरुदेखि नै नियमित जानेगरेको पत्रिका उनीहरुले नदेखेकै हुन् त ? बूढा गोपाल परियारले हालै केही वर्षदेखि एक्लै धानिरहेका छन् । 


जनअर्पण साप्ताहिकका सम्पादक गोपाल परियारका छोरा पर्ने पत्रकार अजय गोर्खालीको नाम पनि पत्रकारिता चितवनमा धेरै वर्ष बिगारेर छापिएको छ । नागरिकतामै अजय गोर्खाली छ नामथर । पत्रकार महासंघको केन्द्रले दिने परिचय पत्रमा पनि अजय गोर्खाली नै लेखिएको छ तर अजय गोर्खाली परियार भनेर त्रैमासिक पत्रकारिता चितवनमा सुरुदेखि छापिरहे । भन्दाभन्दै कहिल्यै नाम सच्याइदिएनन् । अजय गोर्खालीको फोन नम्बर पनि पत्रकारिता चितवनमा गलत उल्लेख गर्दै आए वर्षौंदेखि । 

अजयले सुरुदेखि अध्यक्षहरु पोखरेल, राधेश्याम खतिवडा, नारायण अधिकारी सबैसबैलाई बारम्बार भन्दै आएका हुन् । उनीहरुले पत्रकारको नाममा महासंघमा बसेर राजनीति गरेका छन् । वर्षौंदेखि पत्रकार महासंघ चितवन उनीहरुले पालैपालो सञ्चालन गरेका छन् । महासंघमा बसेर व्यक्तिगत रिसइबी साँध्न सार्वजनिक मिडियाको पहिचान लुकाइएका धेरै प्रमाण छन् ।
 
हरिप्रसाद पोखरेल अहिले फेरि जापान पुगेका छन् । राधेश्यामहरु पुस्तक प्रकाशन समितिमा छन् । महासंघ चितवनका वर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारी प्रहरी कार्यालयमा एक कार्यक्रममा भेटिँदा पत्रकारिता चितवनमा अब सच्चाइदिने कुरा गर्दै आफैं गफिन आए । जनअर्पणको नाम पनि सूचीमा राखिने बताएका थिए । अजयको नाम र फोन नम्बर सच्याइएपनि जनअर्पणको चिनारीचाहिँ गुपचुप नै पारिएको अहिले छापिएको पत्रकारिता चितवनको वर्ष ७ अंक ८ सरसर्ती हेर्दा देखिन्छ ।     

हरिप्रसाद पोखरेल आजभन्दा धेरै वर्षअघि पनि जापान गएका थिए । प्रेस चौतारी चितवनको अध्यक्ष भएकै बेला जापान गएको हल्ला चल्यो । यी तमाम विषयमा समेत गोर्खालीले कुरा उठाएपछि पोखरा बसपार्कमा मेडिकल चलाउने सुरेशकुमारले बाउलाई उचालेर गोर्खालीलाई पागलखानामै पुर्याए । सुरेशकुमारले गोपाल परियारलाई पनि प्रयोग गर्दै आएका छन् । उनीपनि प्रेसपास बोक्नेमध्येका एक हुन् । 

अजयले आफ्नो बाबुको पक्षमा मात्र लेख्ने होइन, भएको कुरामा बाबुको पनि विरोध गर्दै आएको छ । बाउले घरमा गर्ने गतिछाडा व्यवहारको पनि सार्वजनिक रुपमै विरोध गरेको छ । घरमा ढलेको सिन्कोे नउठाउने, श्रीमती बिरामी पर्दा पनि श्रीमतीले नै पकाएर खुवाउनुपर्ने, कपडा धोइदिन’पर्ने, यहाँसम्मकि विगतमा श्रीमती अरुको मेला जाँदा, रुमाल कारखानामा काम गर्दा पनि बिहान बेलुकी पकाउने खुवाउने भाँडा माझ्ने श्रीमतीले नै गर्नुपर्ने, श्रीमती बिरामी हुँदा समेत पानी तताएर दिन नसक्ने बिहानै लुसुक्क घरबाट हिँड्ने, छोरा ठूलो भएर काम गर्ने नहुँदासम्म श्रीमतीले नै ढुंगा कुटेर होस् वा चर्खा चलाएर, मेलापात गएर घर चलाउनुपरेको थियो । तैपनि रक्सी खाएर श्रीमतीलाई नै कुट्ने, गाली गर्ने, सराप्ने । घरमा श्रीमतीलाई, छोराछोरीलाई आमाचकारी बोल्ने, कुट्ने कुरामा पनि गोपाल परियारको विरोध गर्दै गोर्खालीले फेसबुकमा लेखेका छन् ।     

दिनदिनै आधा एकघन्टा छरछिमेकमा अरुको श्रीमती, छोरीचेलीको अगाडि आफ्नो घरको आँगनमा चहार्दै–बस्दै अन्डरवेरमात्र लगाएर बिहान बेलुकी सफाइको तामझाम गर्नु गोपालको दैनिकी नै हो । छोरीब’हारीको अगाडि अन्डरवेयरमात्र लगाएर बस्ने, उभिने, रुघा नलागेपनि टोलछिमेक घन्काउँदै बिहान, दिउँसो बेलुकी ५० पटक सिँ–सिँ गर्ने व्यहोरा छ । राति चर्कोचर्को घुरिदिने । घरमा अरुले खाइरहेको बेलासमेत पानी खाएर पिच्च पिच्च मुख कुल्ला गर्ने व्यहोरा नभएको देखिन्छ । विगतमा बुहारीकै अगाडि एउटै कोठामा पलड्डमा अन्डरवेयरमात्र लगाएर पल्टिने गरेको, छोरीबुहारीकै अगाडि घरमा आमाचकारी बोल्ने गतिछाडा प्रवृत्तिको विरोध छोराले सधैं गर्दै आयो ।

छोराचाहिँ सानैदेखि गाँजा खाने । त्यहीँ निहुँमा पनि अजयलाई कहिले पागलखाना हुलेर पागलको औषधि खुवाउँदै उसको दिमागलाई डल बनाउने पटक पटक प्रयत्न शत्रुहरुबाट भयो । तैपनि हार मानेको छैन भन्छ अजय । काम गर्ने कोसिस जारी छ । राष्ट्रिय मिडियामा आबद्ध छ । अजयले २०६४ देखि आफैं वितरण गरेर, रिपोर्टिङ, मार्केटिङ गरेर स्थानीय जनअर्पणलाई १४–१५ वर्ष आफैंले कम्प्युटरदेखि सबै काम गरेर यहाँसम्म ल्याए।

प्रेस काउन्सिलको वर्गीकरणमा ख वर्गमा छ । बाबुसँग मिल्न नसकेपछि बाउको पत्रिकाको काम पनि अजयले गर्न छोडेका छन् ।

(यो लेखकको निजी विचार हो– सम्पादक ।)

टिप्पणीहरू