झण्डै डेढ सय सैन्य अधिकृतको बढुवा, उडाउनेको जिम्मेवारी हेरफेर

झण्डै डेढ सय सैन्य अधिकृतको बढुवा, उडाउनेको जिम्मेवारी हेरफेर

नेपाली सेनाका केही अधिकृतको सरुवा र झण्डै डेढ सय जनाको बढुवा भएको छ । अस्ति शुक्रबारका दिन २० जना प्रमुख सेनानी र सेनानीको सरुवा गरिएको छ । सोही दिन १३७ जना बढुवा भएका  छन् । 

प्राप्त विवरणअनुसार सैनिक हवाई सेवाका प्राविधिक प्रमुुख सेनानी कृष्णप्रसाद फुयाललाई हवाई प्राविधिक सेवाको हवाई सामग्री भण्डारण तथा व्यवस्थापन शाखामा सरुवा गरिएको छ । सेनानी कुमार खड्कालाई पश्चिम एअरबेशबाट भैरवनाथ गण र उत्तर पश्चिम पृतना हेडक्वार्टरका सेनानी पुकार शाहलाई पश्चिम एअरबेश पुर्याइएको छ ।

सेनानी जयराम पाण्डेलाई उपत्यका पृतना हेडक्वार्टरबाट उपराष्ट्रपतिको सचिवालय,प्राविधिक सेनानी पूर्णचन्द्र ढकाललाई विकास निर्माण निर्देशनालयबाट नम्बर २ विकास निर्माण गण,प्राविधिक सेनानी श्यामबहादुर सिलवाललाई मध्य एअरबेशबाट हवाई प्राविधिक सेवामा र सुरक्षा तथा समारोह व्यवस्था कार्यालय उपराष्ट्रपतिको सचिवालयबाट सेनानी रत्नबहादुर श्रेष्ठलाई अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमा लगिएको छ ।

गोरखनाथ गणका सेनानी सहदेव सिलवाललाई गुणस्तर नियन्त्रण महाशाखा र सेनानी सजिता श्रेष्ठलाई आर्टिलरी तालिम शिक्षालयबाट पश्चिम पृतना हेडक्वार्टर, ज्वालादल गणका सेनानी बसन्ता सापकोटालाई नेपाली सैनिक ब्याटल स्कूल, सहसेनानी शुभराज गुरुङलाई गोरखबक्स गणबाट नम्बर १ विकास निर्माण गणमा पुर्याइएको छ 

सरुवा भएका सहसेनानीहरुमा महावीर गणका रोशन अधिकारीलाई नेपाली सैनिक प्रतिष्ठान, नम्बर २ विपद् व्यवस्थापन गणका रुपसन अधिकारीलाई नम्बर २४ वाहिनी अड्डा, कालीध्वज गणका शैलेन्द्र रोक्कालाई नम्बर ९ वाहिनी अड्डा र विष्णुदल गणका प्रशेष कार्कीलाई नम्बर २ वाहिनी अड्डामा खटाइएको छ ।

सोही लटमा सरुवा भएकामध्ये नम्बर २ विकास निर्माण गणका प्राविधिक सहसेनानी सानुराजा बज्राचार्यलाई स्थपति निर्देशनालय, सिंहनाथ गणका सहसेनानी हेमराज जोशीलाई सुदूर पश्चिम पृतना तालिम शिक्षालय, पाइलट उपसेनानी मध्य एअरवेशका प्रवेश विष्टलाई पूर्वी एअरवेश र सोही दर्जाका मध्य एअरवेशका विवेक अधिकारीलाई हवाई तालिम शिक्षालयमा सरुवा गरिएको सेनाको युद्धकार्य विभागले शुक्रबार जारी गरेको पत्रमा उल्लेख छ ।

सैनिक सचिव विभागका अनुसार शुक्रबारदेखि महासेनानीमा ४८ जना र प्रमुख सेनानीमा ८९ जनाको बढुवा गरिएको छ । महासेनानीको बढुवा सूचीमा पहिलो नम्बरमा प्रमुख सेनानी संगीत पुन र प्रमुख सेनानीको पहिलो नम्बरमा सेनानी राजन बस्नेत छन् । बढुवाको विस्तृत विवरणको लागि संलग्न सूची  हेर्नुहोला ।

 

टिप्पणीहरू