गायिका एलिनाले लगनगाँठो कस्दै

गायिका एलिनाले लगनगाँठो कस्दै
सुन्नुहोस्

गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिन लागेकी छन् । प्रेमी विष्णु सापकोटासँगको करिब ढेड वर्षको प्रेम सम्बन्धपछि आज विवाह गर्न लागेकी हुन् ।

एलिना साईप्रसमा आयोजित कन्सर्टबाट हिजो मात्रै नेपाल फर्केको कारण मेहेन्दी कार्यक्रम ढिलो आयोजना गरिएको थियो ।

विष्णु दुलाहाको रुपमा बाग्लुङबाट झापास्थित एलिनाको घर पुगिसकेका छन् । उनी जन्तीसहित त्यहाँ पुगेका हुन् । आज हिन्दु परम्पराअनुसार विवाह गर्न लागिएको हो ।

अष्ट्रेलियामा बस्दै आएका विष्णु पेसाले व्ययसायी हुन् । उनको मायालु फुड, मायालु फर्निचर, मायालु इन्टरटेन्मेन्टलगायत कम्पनी छन् । उनले एलिनासँग केही म्युजिक भिडियोमासमेत काम गरिसकेका छन् ।

टिप्पणीहरू