सिटिजन्सको वार्षिकोत्सवमा विशेष छुट

सिटिजन्सको वार्षिकोत्सवमा विशेष छुट

सिटिजन्स बैंकले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । 

बैंकले भोलि आफ्नो वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा आगामी वैशाख ३१ गतेसम्मका लागि विभिन्न सेवासुविधामा छुट र 'क्यासब्यक' अफरजस्ता योजना सार्वजनिक गरेको हो । 

जसअन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले 'पस मेसिन' र अनलाइनमार्फत एक हजार वा सोभन्दा बढीको कारोबार गर्दा १७० रुपैयाँसम्म 'क्यासब्याक' पाउने छन् । 

यस्तै, सिटिजन्स स्मार्टमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि पाँच सय वा सोभन्दा बढीको कारोबार गर्दा त्यति नै 'क्यासब्याक' प्रदान गरिने बैंकले जनाएको छ । छुट योजनाअन्तर्गत इ–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्न अफर अवधिभर निःशुल्क कार्ड उपलब्ध गराइने छ ।  

त्यस्तै, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था पनि गरिएको छ । बैंकका निष्किय मोबाइल बैंकिङ्ग ग्राहकलाई पनि अफर अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट दिइने जनाइएको छ । 

सिटिजन्स बैंकले अहिले १९० शाखा, १५३ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइबाट १७ लाखभन्दा बढी  ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामार्फत सेवा प्रदान गर्दै आएकोमा चालु आर्थिक वर्षमा थप ७ वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

टिप्पणीहरू