बाबुरामकी बुहारी पनि त्यतै फर्कदै

बाबुरामकी बुहारी पनि त्यतै फर्कदै
सुन्नुहोस्

माओवादी मात्रै एक ठाउँ भएर पुग्दैन, सबै वामपन्थी मिल्न आवश्यक भएको विचार प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गर्नुभएको छ । उहाँले नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेलाई आइतबार बिहान बालुवाटारमा स्वागत गर्दा यो अभिव्यक्ति दिनुभएको हो ।

स्रोतका अनुसार भाइ शिव भट्टराईकी जीवन संगिनी पनि माओवादी केन्द्रमा फर्किएकी छिन् । उनी गंगानारायण श्रेष्ठको टिममा रहेको बताइन्छ । उनि गत निर्वाचनमा गण्डकी प्रदेशबाट माओवादीको चिन्ह लिई समानुपातिक उम्मेदवार थिइन् । अव बाबुरामसँग युद्धकालिन नेता फणिन्द्र देवकोटा मात्र बाँकी छन् ।

एमाले अध्यक्ष के.पी.शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल मिल्नुपर्ने बाध्यताले मिले यी दुईबीच केमिस्ट्री अहिलेसम्म मिलेको छैन । त्यसैकारण गठबन्धनभित्र बेलाबखत खैलाबैला हुने गरेको छ । व्यक्तिगत रूपमा पुष्पकमल दाहाल निकै उत्साहित छन् । उनले अहिलेको गठबन्धनले वामपन्थीहरूलाई एकै थलोमा ल्याउन सक्ने सम्भावना देखेका छन् । 

नेपालको शान्ति प्रक्रिया संसारकै युनिक भए पनि यसको उचित मार्केटिङ हुन नसकेको विचार लिबरल इन्टरनेशनलका भाइस प्रेसिडेन्ट हेनरिक मोर्टेन्सनले व्यक्त गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भएको भेटघाटमा उनले सो धारणा राखेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा डेनमार्कको निकै ठूलो योगदान रहेको स्मरण गराउँदै बाँकी प्रक्रियामा पनि डेनमार्कको थप योगदानको आवश्यकता रहेको बताएको बुझिएको छ ।

डेनमार्कको काठमाडौंस्थित राजदूतावास हटेकाले नकारात्मक सूचना प्रवाह भएको राय व्यक्त गर्दै पुनः स्थापित गर्न प्रधानमन्त्रीले बाबुरामकी बुहारी पनि त्यतै फिर्ता गरेको श्रोत बताउँछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू