परराष्ट्रमन्त्री छिट्टै भारत प्रस्थान !

परराष्ट्रमन्त्री छिट्टै भारत प्रस्थान  !

भारतसँग चिसिएको सम्बन्धमा न्यानोपन देखिन थालेपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सम्बन्धलाई थप सुमधुर बनाउने योजनाका साथ नयाँ दिल्ली जाने सम्भावना बढेको छ । लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध सर्वाधिक चिसो भएको थियो ।

झण्डै १० महिनादेखि बढ्दै गएको तिक्तताको अन्त्य गत अगष्ट १५ का दिन भएको थियो । भारतीय गणतन्त्र दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षीसँग फोनवार्ता गरेपछि चिसिएको सम्बन्धमा ‘आइस ब्रेक’ भएको परराष्ट्र मन्त्रालयको बुझाई छ ।

यसैबीच नयाँ दिल्लीमा नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग गरेको हालैको भेटपछि ज्ञवाली द्विपक्षीय वार्ताको लागि भारत जाने सम्भावना बढेको हो ।

स्रोतका अनुसार नेपालले द्विपक्षीय वार्ताअघि परराष्ट्र सचिवस्तरीय समितिको बैठकको माग गरेको छ । तर, भारतले सचिवस्तरीय संयन्त्रको बैठकका लागि आफू अनिच्छुक रहेको सङ्केत दिइसकेको छ ।

कथम कदाचित यसवीच क्याबिनेट हेरफेर भैहाले पनि आफ्नो पोजिसन तलमाथि नहुने ज्ञवालीको बिश्वास छ, उक्त मन्त्रालयका दावेदार भीम रावल र नारायणकाजीको सितिमिति सरकारमा प्रवेश सहज नदेखिएका कारण पनि ज्ञवालीको आत्मबिश्वास बढेको हुनसक्छ ।

कूटनीतिक स्रोतका अनुसार ‘जुन देशले जे माग गर्यो र त्यहि भयो भने अर्को देशले केही गुमाएको अनुभव गर्ने’ भएकाले पनि भारतले सचिवस्तरीय बैठक अस्वीकार गरेको हो ।

नेपालको प्रस्तावभन्दा फरक ढङ्गले भारतले सोझै मन्त्रीस्तरीय कमिशन (आयोग) को बैठकबाट सम्बन्धलाई थप न्यानो बनाउने चाहना राखेको छ । आयोग बैठकमा सीमाको मात्र एकल एजेण्डा हुँदैन । तर, सचिवस्तरीय बैठकमा सीमाको मात्र विषय रहने भएकाले भारतले मन्त्रीस्तरीय बैठकमा दुई देशबीचको समग्र विषयमा गोलमटोल छलफल गरेर अघि बढ्न चाहेको हुनसक्छ ।

त्यस्तो अवस्थामा मन्त्रीस्तरीय बैठकले सचिव र सहसचिवस्तरीय संयन्त्रको बैठक बसेर समस्या समाधानको प्राविधिक निक्र्यौलमा पुग्न र अघि बढ्न राजनीतिक निर्देशन दिन्छ । त्यसपछि मात्र सहसचिव र सचिवस्तरीय बैठकको आयोजना हुन्छ । त्यसका लागि स्वतः थप केही समय लाग्नेछ । सो अवधिमा थप गृहकार्य गर्न पर्याप्त समय हुने विश्वासका साथ भारतीय रणनीति अघि बढेको हो ।

यदि भारतको चाहनाबमोजिम नै मन्त्रीस्तरीय बैठकको आयोजना हुने निक्र्यौल भएमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली छिट्टै नयाँ दिल्ली जानुपर्ने हुन्छ । किनकि यसअघि त्यस्तै बैठक काठमाडौंमा भएको थियो । अब बैठकको आयोजना गर्ने पालो भारतको रहेको छ ।

ज्ञवाली ०७४ को चुनावलगत्तै पिएम इन वेटिङ्गका हिसाबले केपी ओलीको दूत बनेर दिल्ली जानुभएको थियो । कथम कदाचित यसवीच क्याबिनेट हेरफेर भैहाले पनि आफ्नो पोजिसन तलमाथि नहुने ज्ञवालीको बिश्वास छ, उक्त मन्त्रालयका दावेदार भीम रावल र नारायणकाजीको सितिमिति सरकारमा प्रवेश सहज नदेखिएका कारण पनि ज्ञवालीको आत्मबिश्वास बढेको हुनसक्छ ।

टिप्पणीहरू