यस्ता पनि छोरा !

हाम्रो समाजमा सोँच्नै नसकिने घटनाहरु पनि हुँदा रहेछन् । समाजलाईनै अचम्मित बनाउने घटनाले मानव सभ्यतालाईनै तिलाञ्जली दिने गर्दछ । नौ महिना कोखमा राखेर जन्माएर नौ धारा दूध खुवाएर पालन पोषण गरेको आफ्नै छोरा पशुभन्दा पनि तल्लो स्तरमा ओर्लेला भनेर कुन आमाबाबुले सोच्न सक्छ र ! तर, यहाँ एउटा घटना यस्तै घट्यो ।

एक २३ वर्षीय युवा आफ्नै आमामाथि जाइलागे । रक्सीको नशा र यौनको प्यासले रन्थनिएका तिनले आफ्नै आमा समेत चिने । ति युवाले आफ्नै आमालाई जब्बरजस्ती बलात्कार गरे । आफ्नै आमालाई बलात्कार गरेपछि आमा र बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । देउमाइ नगरपालिका वडा नं. ६ फुटुक निवासी २३ वर्षीय बीर्खबहादुर लिम्बूले आफ्ना ६३ वर्षीय आमालाई बलात्कार गरेका हुन् । प्रहरीमा जाहेरी परेपछि उनी लुकेर हिँडिरहेका थिए । मंगलबार इलाम नगरपालिका वडा नं. ५ तोरीबारीमा चोर पक्रन आएको भन्दै त्यहाको एक घरमा रक्सी खादै गरेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तीन जना युवतीसँग विवाह गरेर घरबार नभएपछि गाउँमा चोरीसमेत गर्दै हिँड्ने बीर्खले भान्सा घरमा सुतिरहेको बेला राती १० बजे आएर आमालाई बलात्कार गरेका थिए । आमाको मुख थनेर कराउन समेत नदिई बलात्कार गरिरहेको अवस्थामा बाबुले चाल पाएपछि उनी त्यहाँबाट भागेका थिए । घटना तीन हप्ताअघिको भए पनि देउमाइ नगरपालिका कोरोना संक्रमणका कारण शील भएकाले बाबु आमा भदौ १३ गते जाहेरी दिन प्रहरी कार्यालय पुगेका थिए । त्यहीबाट प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उनी भने अर्काको गोठमा लुकेर बस्दै आएका थिए ।

टिप्पणीहरू