पुरस्कार दिने र थाप्ने सबैजसो जापानमा

पुरस्कार दिने र थाप्ने सबैजसो जापानमा
सुन्नुहोस्

‘एएमएस इन्टरनेसनल अनर एण्ड अवार्ड–२०२४’ कार्यक्रम जापानमा सम्पन्न भएको छ । एएमएस इन्टरटेण्मेण्ट र एसके मिडियाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम हिजो सम्मन्न भएको बताइएको छ ।

कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरुको ठूलो समूह जापान पुगेको छ । कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, शभ्मुजित बाँस्कोटा, जियय लामा, चेतन सापकोटा जापान गएका हुन् । त्यसैगरी आनन्द कार्की, अञ्जु पन्त, कमल खत्री, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुगेका छन् ।

कार्यक्रममा विभिन्न कलाकारले सांगितिक प्रस्तुति प्रस्तुत गरेको बताइन्छ । एएमएस इन्टरटेण्मेण्टले नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले केही वर्षयता यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

टिप्पणीहरू