आँखुखोलाको ड्याम खोल्ने तयारी, सर्तक रहन सूचना

आँखुखोलाको ड्याम खोल्ने तयारी, सर्तक रहन सूचना

धादिङस्थित आँखुखोला–१, जलविद्युत आयोजनाको ड्याम खोलिने भएको छ । भोलि बिहान ६ बजे आयोजनाको ड्याम खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय, धादिङले जानकारी दिएको हो । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहेले ड्याम साइटमा मर्मतको लागि खोल्न लागिएको बताए । ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । 

सिडियो कार्यालयद्धारा जारी सूचनामा भनिएको छ, ‘आँखुखोला–१, जलविद्युत आयोजना रिङ्गने धादिङको ड्याम साइटमा मर्मत कार्य भइरहेको हुँदा उक्त मर्मतको लागि आयोजनाको ड्याममा रहेको गेट यही मिति २०८१ वैशाख २९ गते शनिबार बिहान ६ बजे खोल्न लागेको हुँदा उक्त ड्यामदेखि तलको नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्न जाने हुँदा सो समयमा आवश्यक सर्तकता अनाउन उक्त तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दामा अनुरोध छ ।’
 

टिप्पणीहरू