सर्वोच्चको आदेशपछि जेलमा रहेका मुख्यमन्त्री रिहा

सर्वोच्चको आदेशपछि जेलमा रहेका मुख्यमन्त्री रिहा

भारतीय राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । त्यहाँको सर्वोच्च अदालते उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । 

मदिरा नीतिमा अनियमितता गरेको आरोपमा उनी गत २१ मार्चमा मुख्यमन्त्री निवासबाटै पक्राउ परेका थिए । पछिल्लो ४० दिनयता केजरीवाललाई तिहाड जेलमा राखिएको थियो । 

आज न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले अरविन्दलाई २ जुनमा उपस्थित हुन निर्देशनसहितको आदेश सुनाएकोे छ । अदालतको यो आदेशसँगै उनले लोकसभा चुनावको लागि पार्टीको प्रचार प्रसारमा सहभागी हुन पाउने भएका छन् । 

त्यसो त, मुख्यमन्त्री केजरीवालका वकीलले ४ जुनसम्म धरौटीमा छाड्न माग गरेका थिए । तर, सर्वोच्चले लोकसभा चुनाव सकिएको भोलिपल्ट अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो । भारतमा १ जुनसम्म मतदान हुँदैछ भने ४ जुनमा मतगणना घोषणा कार्यतालिका छ । 

यता प्रवर्तन निर्देशनालय (इडी) ले भने केजरीवाललाई धरौटीमा रिहा गर्ने सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाएको छ । कसैलाई चुनाव प्रचार प्रसारकै लागि धरौटीमा छाड्न नमिल्ने र यसको कुनै मौलिक कानुन नभएको इडीको दाबी छ ।

टिप्पणीहरू