महारानी बनिन् गौरी मल्ल, फुर्सदिलाले काम पाए बल्ल

महारानी बनिन् गौरी मल्ल, फुर्सदिलाले काम पाए बल्ल

टेलिभिजन शो 'कमेडी दरबार'को फस्र्टलुक टिजर सार्वजनिक भएको छ । 

निर्माण टिमले आज काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर टिजर सार्वजनिक गरेको हो । जसमा अभिनेत्री गौरी मल्ल र अभिनेता विजय बराल फिचर्स छन् । 

भिडियोमा गौरीलाई महारानीको अवतारमा देख्न सकिन्छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाई दम्पत्तिले निर्देशन गर्ने यो शो आगामी असार १४ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । 

रोचक के छ भने, यो शोमा टिकटक, इन्स्टाग्राम र यूटुबबाट चर्चा कमाएका तर ठोस काम नपाएका आधा दर्जन कलाकारलाई काम दिइएको छ । मिस पबी, नम्रता सापकोटा, नम्रता श्रेष्ठ, हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाललगायतले स्थान पाएका हुन् ।

टिप्पणीहरू