'छोटा सेलिब्रेटी'ले इन्गेजमेन्ट गरेपछि सञ्जालमा तनाव

'छोटा सेलिब्रेटी'ले इन्गेजमेन्ट गरेपछि सञ्जालमा तनाव

बलिउडबारे चासो राख्ने दर्शकहरुलाई 'बिगबोस'बारे थाहा नै होला । अभिनेता सलमान खानले होस्ट गर्ने यस शोले अहिलेसम्म कयौ सेलिब्रेटी जन्माइसकेको छ । 

यही शोबाट चर्चामा आएका पात्र हुन्, अब्दू रोजिक । यद्यपि, कतिपयले उनलाई ताजिकीस्तानी गायकको रुपमा पनि चिन्छन् । जे होस्, ९४ सेन्टिमिटर मात्र उचाई रहेका उनी केही वर्षयता 'छोटा सेल्रिबेटी'को रुपमा परिचित छन् । 

उनै रोजिकले गत साता दुबईमा अमिरा नामकी युवतीसँग इन्गेजमेन्ट गरे । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आगामी जुलाइ ७ मा बिबाह गर्ने घोषणा पनि गरेका छन् । 

तस्वीरमा रोजिकभन्दा अमिरा निकै अग्लो रहेको अनुमान लगाउन सकिन्छ । उचाईकै कारण सामाजिक सञ्जालमा उनको ट्रोल भैरहेको छ । 

यहीबीच रोजिकले पनि गएराति ट्रोल गर्नेहरुलाई मुखभरीको जवाफ फर्काएका छन् । 'म छोटो छु । तर मैले लामो केटीसँग बिहे गर्नै नमिल्ने हुन्छ र ? कृपया नकारात्मक टिप्पणी गर्न छाड्नुहोस्, आफ्नो सोच परिवर्तन गर्नुहोस्', उनले भनेका छन्, 'अमिरा र मैले धेरै सोच विचार गरेरै यो निर्णय लिएका हौँ । अरूले टाउको दुखाइरहनु पर्दैन ।' 

रोजिकले आफ्नो स्वास्थ्य लामो उचाइ भएकाहरुको भन्दा राम्रो भएको पनि दावी गरेका छन् । उनी थप्छन्, 'जो आफ्नो उचाइमा घमण्ड गर्नुहुन्छ नि, तपाईहरुभन्दा मेरो स्वास्थ्य राम्रो छ । र मलाई पनि खुशी हुने पुर्ण अधिकार छ । बन्द गर्नुस् तपाईहरुको ट्रोल ।'

टिप्पणीहरू