पल शाह पक्राउ ?

पल शाह पक्राउ ?

अभिनेता पल शाह चलचित्र 'रावायण'को शुटिङमा व्यस्त छन् । यहीबीच उनले आज सामाजिक सञ्जालमा दुई तस्वीर शेयर गरे, जहाँ उनलाई प्रहरीले पक्राउ गर्दैछ । उनी सेताम्मे दाह्री फुलेको लुक्समा देखिएका छन् । कतिपयले उनलाई चलचित्र 'रावायण'कोे शुटिङस्पटबाटै पक्राउ परेको अनुमानसमेत गरेका छन् । तर, यो सत्य होइन । 

शाहले उक्त तस्वीर चलचित्रको 'पुजार सार्की'को शुटिङ हुर्दै गर्दा केही समय पहिले खिचेका हुन् । चलचित्र पर्सीबाट रिलिज हुँदैछ । त्यसबारे जानकारी दिन उनले उक्त तस्वीर सार्वजनिक गरेका हुन् । 

'पुजार सार्की मेरो करिअरमा महत्वपूर्ण चलचित्र साबित हुनेमा म ढुक्क छु', अभिनेता शाहले भनेका छन्, 'आज मैले पुजार सार्कीमा मेरो अभिनयबाट यो तस्वीर सार्वजनिक गरेको छु, यो तस्वीरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ ।' 

अहिले 'पुजार सार्की'को निर्माण टिम व्यापक प्रचार-प्रसारमा जुटेको छ । अभिनेता प्रदिप खड्का, आर्यन सिग्देल, परीक्ष लिम्बु र अन्जना बराइली प्रचारमा दौडिरहेका छन् । शाह भने कहि-कतै देखिएका छैनन्, जब कि चलचित्रमा उनी पनि मुख्य भूमिकामा रहेको बताइएको छ । 

यस विषयमा शाहले आफू अन्य चलचित्रको शुटिङमा व्यस्त हुनु परेकोले समय दिन नसकेको स्वीकार गरेका छन् । उनले दर्शकहरुले देखाएको चासोप्रति आभार व्यक्त गर्दै आफ्नो बाध्यता बुझिदिन आग्रह गरे । 

'चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन, मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु', उनले थपेका छन् ।
 

टिप्पणीहरू