नेकपामा हुने कुरा यस्तै हो ?
नेकपाको शीर्ष नेतृत्वमा उत्पन्न मतभेद हल गर्नका निम्ति कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन होला, नहोला । तर,प्रतिवेदनकै भाषा र शैलिमाथि नेताहरुका फरक फरक बुझाई प्रस्तु्त छन् ।
पार्टी विवाद हल गर्ने सन्दर्भमा विभिन्न समयमा भएका समझदारीहरु कार्यान्वयन नभएको स्थितिमा अहिलेका समझदारी सजिलै कार्यान्वयन होला भन्ने अवस्था छैन । एकजना शीर्ष नेताको बझुाई छ, ‘तत्कालको खड्गो टार्न टालटुले कुरा गरिएको हुनसक्छ ।’
निश्चित नेताबीच स्वार्थको मेल हुन्छ र समझदारी हुन्छ । भोलि स्वार्थ बाझिन थालेपछि फेरि विवाद उत्पन्न हुन्छ । अहिले केपी र प्रचण्डबीच त्यही स्वार्थमाथि मतैक्यता भएको बुझाईमा कतिपय नेता छन् । भोलि स्वार्थ बाझिएपछि प्रचण्डलाई फेरि माधव नेपाल चाहिन्छ भन्ने ती नेताहरुले राम्रोसँग बुझेका छन् ।
त्यसो त पार्टी विवाद उत्कर्षमा पुगिरहँदा, अर्थात् असार १० अगाडि माधव नेपाललाई प्रधानमन्त्री बनाउने कुरा ओली र प्रचण्डबाहेकका नेताले भनेकै हुन् । विशेषतः उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव बिष्णु पौडेलहरुले यस्तो कुरा ल्याएका थिए ।
जब मदन जयन्तीका सन्दर्भमा केपी ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको भनी बोल्नुभयो, त्यसपछि पार्टी सचिवालय बैठकमा उहाँको राजीनामा माग्ने परिस्थिति गएको हो । केपी ओली हटाएपछि प्रधानमन्त्री को हु्ने भन्नेमा वामदेव, नारायणकाजी र विष्णु पौडेलले माधवको नाम लिनुभएको थियो । यही कुरा प्रचण्डसँग गर्दा उहाँले ‘सल्लाह गरौँला’ भन्ने नाममा बाँकी कुरा गर्न अटेर गर्नुभयो ।
नेताहरु भन्छन्, ‘प्रचण्डले व्यवस्थित रुपमा पार्टी चलाउने कौशलता देखाउनुभएन ।’ हिजो सैन्य कमाण्ड गरेर आदेश दिएजस्तो अहिलेको व्यवस्थापन सम्भव नहुने र अहिलेको व्यवस्थापन कमिटी पद्धतिका आधारमा हुनुपर्ने हो । तर, त्यो क्षमता नेकपाका दुबै अध्यक्षमा नभएको केही नेताहरुले बताउन थालेका छन् ।
टिप्पणीहरू