जानुकालाई प्राधिकरणको जिम्मा
नियमावली, पदाधिकारी र कार्यालयबिना नै एउटा नयाँ सरकारी अड्डालाई ‘मूर्तता’ दिने काममा सञ्चार मन्त्रालयको सक्रियता बढेको छ ।
नेपाल मिडिया काउन्सिल,आमसञ्चार प्रतिष्ठानसहित सञ्चार क्षेत्रलाई व्यवस्थापन गर्नका लागि स्थापना गर्न लागिएका अरु निकायका काम अड्किरहेको बेला सञ्चार मन्त्रालयले विज्ञापन प्राधिकरणलाई भने पूर्णता दिने गरी काम अगाडि बढाएको हो ।
अहिले नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषद्मा मस्यौदा अड्किएर बसेको छ । मन्त्रालयमा नयाँ मन्त्री बहाली हुनासाथ पहिलो चरणमा गठन गर्ने गरी उक्त प्राधिकरणको काम अगाडि बढाइएको मन्त्रालयस्रोतले जनाएको छ ।
चालु आर्थिक वर्षको बजेटमा १९ अस्थायी दरबन्दीसहित दुई करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको उक्त प्राधिकरणमा कर्मचारीतर्फ कार्यालय प्रमुखको जिम्मेवारीमा उपसचिवलाई राखिने भएको छ । हाल हुलाक सेवा विभागअन्तर्गत धनादेश शाखामा कार्यरत उपसचिव जानुका गौतम विज्ञापन प्राधिकरणको प्रमुख तोकिदैछन् । उनी यस्तो कार्यालयको प्रमुख हुँदै छिन्, जसको न कुनै कार्यालय छ, न नियमावली न त सञ्चालक समिति नै ।
टिप्पणीहरू