जाँदाजाँदै वाणिज्यदूतको जोगाड
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोल्याण्डका सदस्य तथा पूर्व अध्यक्ष डा. बोधराज सुवेदीलाई पोल्याण्डका लागि नेपाली कन्सुलरमा नियुक्तिको सिफारिश गरिएको छ ।
गैरआवासीय नेपाली संघ पोल्याण्डको अध्यक्ष हुँदा सुबेदीले जनही १२ लाख रुपैयाँ लिएर काठमाण्डौका रमेशकुमार मल्ल र म्याग्दीकी गीता पुनसहित ८ जनालाई भीसा सिफारिश गरेको बताइन्छ । जसमध्ये दुई जनाको मात्र भीसा स्वीकृत भएको र उनीहरु अहिले युरोपको पिआर प्राप्त गरी स्थायी रूपमा बेल्जियममा बस्दै आएको आरोप छ । डा. सुवेदीले दर्ता नहुँदै संघको अध्यक्षको हैसियतले पत्रचार गरेर कार्यालय आफ्नै घरमा संचालन गर्दै आएपछि गएको अगस्त २९ तारिखमा कार्यालय अन्तै सारिएको छ ।
जर्मनस्थित राजदूत रमेशप्रसाद खनालले मन्त्रालयबाट नै डा. बोधराज सुवेदीको सिफारिस माग भएबमोजिम काम भएको र त्यसमा कुनै प्रकारको आर्थिक लेनदेन नभएको बताए ।
टिप्पणीहरू