'सतीदेवी' मा मलिकाको अर्को लुक्स सार्वजनिक

'सतीदेवी' मा मलिकाको अर्को लुक्स सार्वजनिक
सुन्नुहोस्

चलचित्र 'सतीदेवी'को दोश्रो लुक्स पोष्टर सार्वजनिक भएको छ । चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले समाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेका हुन् । 

पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको छ । हातमा नवजात शिशु बोकेकी उनलाई दुखित 'लुक्स'मा प्रस्तुत गरिएको छ । 

त्यसो त, यसअघिको पोस्टरमा मलिकालाई कालोमोसो दलिएको लुक्समा देखाइएको थियो । घाँटीमा जुत्ताको माला झुन्डाइएको अवस्थामा उनी भाग्दै गरेको पोस्टरले निकै चर्चासमेत पाएको थियो । 

यी दुवै पोष्टरलाई आधारमा मान्ने हो भने चलचित्रमा एकल महिलाको कथा प्रस्तुत गरिएको अनुमान गर्न सकिन्छ । यद्यपि, मूल कथा बुझ्न भने चलचित्र प्रदर्शन अर्थात् साउन ४ गतेसम्म कुर्नैपर्ने हुन्छ । 

पछिल्लो समय अभिनयमा अब्बल सावित गर्दै गएकी मलिकाले 'सतीदेवी'मा पनि नयाँ क्राफ्टमा काम गरेको देख्न सकिन्छ । चलचित्रमा उनको अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठलगायतको अभिनय छ । 

काठमाडौँसहित लमजुङ, तनहुँ र कास्की छायांकन गरिएको यो चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् ।
 

टिप्पणीहरू