सौगात मल्ल 'जन्ते बाख्रो'मा पक्का, अरुको नाम गोप्य

सौगात मल्ल 'जन्ते बाख्रो'मा पक्का, अरुको नाम गोप्य
सुन्नुहोस्

चलचित्र 'जन्ते बाख्रो'मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रको निर्माण टिमले आज सौगातसँग औपाचारिक सम्झौता गरेको हो । 

सोसल-कमेडी जनरामा बन्न लागेको यो चलचित्रलाई प्रदिप भारद्वाजले लेखेका हुन् भने सिमोस सुनुवारले निर्देशन गर्दैछन् । यसअघि 'झ्यानाकुटी' र 'हात्तीछाप'मा सँगै काम गरेका सिमोस र सौगातको यो तेस्रो सहकार्य । 

आगामी भदौबाट शुटिङ हुने भनिएको यो चलचित्रमा अन्य कलाकारहरु भने निश्चित भइसकेका छैनन् । यद्यपि, निर्माण टिमले चाँडै बाँकी कलाकारको नाम सार्वजनिक गर्ने बताएको छ ।

टिप्पणीहरू