‘लभर गर्ल’ ‘एक्सन गर्ल’ मा परिणत

‘लभर गर्ल’ ‘एक्सन गर्ल’ मा परिणत

पूजा शर्मा अभिनित चलचित्र दान्भीको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित औपचारिक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रायः लभस्टोरी जनरामा रुचाइएकी पूजाको यो पहिलो एक्सन फिल्म हो । चलचित्रको औपचारिक घोषणा हुँदा यसको रिलिज मिति जेठ १० गतेका लागि तय भएको थियो । तर उक्त मितिमा अन्य दुई ठूला चलचित्रसँग समय जुधेपछि ‘दान्भी’को निर्माण टिम पछि सरेको हो । उक्त चलचित्र असार ७ गते रिलिज हुने बताइएको छ ।

सार्वजनिक ट्रेलरको आधारमा चलचित्रमा लभ र एक्सनलाई प्रस्तुत गर्न खोजिएको देखाइएको छ । पूजाले कुन्साङ बोमजनसँग स्क्रिन सेयर गरेकी छन् । देव मगर र अनुप गडालले लगानी गरेको उक्त चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

टिप्पणीहरू