भिटेनको छातीमा पुलिसका लागि ट्याटू

भिटेनको छातीमा पुलिसका लागि ट्याटू
सुन्नुहोस्

र्यापर समिर घिसिङ उर्फ भिटेन बेला–बेलामा चर्चामा आइरहन्छन् । युवा पुस्तामा उनको क्रेज र आलोचना सरोबर छ ।

भिटेनका गीतहरुमा प्रायः छाडा शब्द प्रयोग हुने भएकाले आलोचना बढी हुन्छ । गीतमा अश्लिल र दोहोरो अर्थ लाग्ने शब्द राखेकै कारण उनी जेल समेत पुगे । गीतमा प्रयोग गरिएको शब्दजस्तै उनी वास्तविक जीवनकै भल्गर र अराजक छन् वा छैनन्, त्यो उनै जानुन् । तर एकपटक अहिले चर्चामा आएका छन् । यसको कारण कुनै गीत नभएर यसपटक उनले छातीमा खोपेको ट्याटु हो । 

उनले हिजो सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरे, जहाँ उनले प्रहरीलाई संकेत गरेर खोपिएको ट्याटु स्पष्ट देख्न सकिन्छ । छातीमा लेखेका छन्, ‘दी क्रिमिनल कप, किलिङ हिपहप’ अर्थात ’एक अपराधी प्रहरीले हिपहप मारिरहेको छ’ । 

उनको यो तस्बिरसँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणीहरु भइरहेका छन् । युवा पुस्ताका प्रयोगकर्ताले प्रहरीले हिपहप नबुझेको गुनासो गरेका छन् भने पाका प्रयोगकर्ताले हिपहिपलाई सुधार्न आग्रह गरेका छन् । विरासत खड्काले हिपहपको अर्थ छाडा नभएको बताएका छन् । उनी भन्छन्, ‘तिमी (भिटेन) पहिले आफैँ सुध्र । हिपहप र र्याप भन्दैमा छाडा शब्द प्रयोग गर्नैपर्छ र ? अरु राम्रा शब्द छैनन् ? हुन त कला नै अराजक कला पर्यो तिम्रो ।’ 

यस्तै युवराज थापाले भने प्रहरी हिपहप कलाकारप्रति सँधै रुष्ट हुने गरेको गुनासो गरेका छन् । उनको प्रतिक्रिया छ, ‘पुलिसले हिपहिप बुझ्दैन भाई । चोर हुन्छ, चोर ।’

टिप्पणीहरू