भाष्कर र त्रिपाठीविरुद्ध खनिए चौधरी

भाष्कर र त्रिपाठीविरुद्ध खनिए चौधरी

एक मात्र डलर करोडपति व्यापारी भनिए पनि कर तिर्नेहरूको सूचीमा पुछारतिर नाम भएका विनोद चौधरीले पत्रकारहरूलाई धम्क्याउने, अदालतमा मुद्दा दिई हैरान खेलाउने क्रमलाई जारी राखेका छन् । यसै क्रममा घटना र विचार साप्ताहिकका संस्थापक प्रधानसम्पादक देवप्रकाश त्रिपाठीलाई पनि आफैँले ह्वाट्सअपमार्फत फोन गरी थर्काउने प्रयास गरिरहेकै छन् । 

०५८ साल भदौसम्म राष्ट्रिय वाणिज्य बैंकको कालोसूचीमा रहेका चौधरी जेठ १९ को दरबार हत्याकाण्डपछि असोज १३ गतेदेखि बैंकको ऋण बुझाएर ब्ल्याकलिष्टबाट हटेका थिए । यसबीच घटना र विचार साप्ताहिकले एक्कासी कालोसूचीबाट एकाएक कसरी अर्बपति हुन पुगे भन्ने विषयको छानबिन हुन भने बाँकी रहेको समाचार ६ महिनाअघि मात्रै छापेको थियो । त्यसैगरी वीरगञ्जमा सार्वजनिक जग्गा मिचेर कारखाना खोलेको लगायत विषयमा समाचार प्रकाशन गरेको थियो । 

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले आफ्ना कर्तुत ढाकछोप गर्न, आफ्नाविरुद्ध लेख्ने पत्रकारलाई तर्साउन वकिलहरूको बटालियन नै खडा गरेको भन्दै साथीभाइमाझ फूर्ति लगाउने गरेको बताइन्छ । सो पल्टनले चौधरी र चौधरी ग्रुपको स्वार्थमा धक्का लाग्ने समाचार प्रकाशान गर्ने पत्रकार र संस्थाविरुद्ध थानकानाथ होलसेल भाउमा मुद्दा हाल्ने जिम्मेवारी सम्हाल्दै आएको छ ।

यो पल्टनको शिकार पछिल्लो पटक भाष्कर राजकर्णिकारको लगानी रहेको एभेन्युज टेलिभिजनमा भाष्कर अघिल्लो महिना दिवंगत धर्मपत्नीको उपचारार्थ दिल्लीमा रहँदा  चौधरीले फोन गरेर मविरुद्ध प्रसारित समाचार तुरुन्त युट्युबबाट हटाइहाल त भन्दै धम्क्याएका थिए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू