‘लिटिल बुद्ध’ रामबहादुर बमजन बाल यौन दुराचारी ठहर

‘लिटिल बुद्ध’ रामबहादुर बमजन बाल यौन दुराचारी ठहर

आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको निम्ति आगामी असार १७ गते पेशी तोकिएको छ । 

उनी गत पुस २४ गते बुढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रा फेला पारेको थियो ।

बमजनको आश्रममा बस्दै आएका तीन जना आनी र दुई युवा बेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । यो सँगै उनले कयौ युवतीमाथि यौन शोषण र बलात्कार गरेको घटना पनि सार्वजनिक भएको थियो ।

टिप्पणीहरू