भण्डाफोरमा माहिर जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट बाहिर

भण्डाफोरमा माहिर जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट बाहिर

विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बन्दी जीवनबाट मुक्त भएका छन् । उनलाई बेलायतको बेलमार्स उच्च सुरक्षा घेरा भएको  झ्यालखानाबाट रिहा गरिएको श्रीमती स्टेला असान्जले बताएकी छन् । 

श्रीमान जुलियनको रिहाइका लागि समर्थक तथा शुभेच्छुकहरुले गरेको अनवरत पहलका लागि उनले सामाजिक सञ्जालबाट धन्यवाद दिएकी छन् । लेखेकी छन्, ‘जुलियन रिहा भएका छन् । विश्वव्यापी रुपमा उनको रिहाइका लागि समर्थकहरुबाट भएको पहलका लागि हार्दिक आभार व्यक्त गर्न मसँग कुनै त्यस्तो शब्द छैन । वर्षौंदेखिको सबैको पहल सत्य साबित भएको छ । धन्यवाद ।’

"उनले अमेरिकाका धेरै संवेदनशील कूटनीतिक संवाद तथा अभिलेखहरु पनि जस्ताको तस्तै सार्वजनिक गरिदिएका थिए । जसमा माओवादी द्वन्द्वताका काठमाण्डौबाट वासिङ्ग्टन पठाएका दस्तावेजहरु पनि थिए ।"

बेलायती उच्च अदालतको आदेशपछि उनी जमानतमा रिहा भएका हुन् । रिहाइपछि उनी विमान चढेर लण्डनतर्फ गएका थिए ।

असान्जमाथि अमेरिकी सेनाको गोप्य कागजात विकिलिक्समार्फत् सार्वजनिक गरिदिएको गम्भीर आरोप लगाइएको थियो । उनले अमेरिकाका धेरै संवेदनशील कूटनीतिक संवाद तथा अभिलेखहरु पनि जस्ताको तस्तै सार्वजनिक गरिदिएका थिए । जसमा माओवादी द्वन्द्वताका काठमाण्डौबाट वासिङ्ग्टन पठाएका दस्तावेजहरु पनि थिए ।

विकिलिक्सले धेरै मुलुकका त्यस्ता गोप्य कागजात बाहिर ल्याएपछि एकाएक धेरैको टाउको दुखाएको थियो । उनीमाथि स्विडेनमा यौन शोषणको आरोप लगाइएको थियो । तर,पछि उक्त मुद्दा फिर्ता लिइयो ।

टिप्पणीहरू