जनकपुरमा ‘रक्त तिलक’ र ‘अफवाह’ को प्रदर्शनपछि विचार विमर्श

जनकपुरमा ‘रक्त तिलक’ र ‘अफवाह’ को प्रदर्शनपछि विचार विमर्श

जनकपुरमा आजदेखि अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव सुरु भएको छ । जनकपुर उपमहानगरपालिका र लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा दुई दिने महोत्सव प्रारम्भ भएको छ ।

भोलिसम्म चल्ने महोत्सवमा विभिन्न मैथिली चलचित्र प्रदर्शन र छलफलका सेसनहरु राखिएको लोक सञ्चारका अध्यक्ष एवम् कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए । उनका अनुसार महोत्सवमा फिचर फिल्म अन्तर्गत ‘ललका पाग’, ‘लोटस ब्लुम्स’, ‘समानान्तर’ प्रदर्शन हुनेछ । त्यस्तै बृत्तचित्र अन्तर्गत ‘गुमकी’ र ‘विद्यापति’ तथा लघुफिल्म अन्तर्गत ‘रक्त तिलक’ र ‘अफवाह’ प्रदर्शन हुनेछ । 

कार्यक्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने बताइएको छ ।

टिप्पणीहरू